काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ६ सय १८ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ५ सय ७ जना, भक्तपुरमा ५० जना र ललितपुरमा ६१ जनासहित उपत्यकामा पछिल्लो २४ घन्टामा ६ सय १८ जनामा कोरोना संक्रमण भएको छ ।
पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार २ सय ४३ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका १ हजार २ सय ४३ जनासहित देशभर संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको जानकारी दिए ।
संक्रमितमध्ये ४२ हजार ९ सय ४९ जना निको भएर फर्किएका छन् भने ३ सय ८३ जनाको ज्यान गएको छ ।
प्रतिक्रिया