कोरोना संक्रमणबाट ४ जनाको ज्यान गयो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ आश्विन २०७७, शुक्रबार ०५:५४

काठमाडौं । कोरोना भाइरस संक्रमण बढेसँगै मृत्यु हुनेको संख्या थपिएको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घन्टामा थपिएका ४ जनासहित कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सय ८३ पुगेको छ ।

कोरोना भाइरसको संक्रमण नेपालमा ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार २ सय ४३ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका १ हजार २ सय ४३ जनासहित देशभर संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ४२ हजार ९ सय ४९ जना निको भएर फर्किएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१