काठमाडौं । विभिन्न म्युजिक भिडियो र फिल्ममा अभिनय गरेकी नम्रता श्रेष्ठ अब गायिकाको रुपमा समेत चिनिने भएकी छिन् ।
अहिलेसम्म उनको स्वरमा कुनै गीत नसुनेका दर्शकले स्टेजमा नम्रताको स्वर सुन्ने भएका छन् । ‘मेरो पहिलो गायन हो म आधुनिक गीत गाउँछु ।’ नम्रताले भनिन् ।
नम्रताको आफ्नै कम्पनि हाइली हाइ र अपारेल कम्पनि भुटु इन्टरटेनमेन्टले पोखरा र काठमाडौमा कन्सर्ट गर्ने भएको छ भने ती कन्सर्टमा नम्रताले गाउनेछिन् ।
पछिल्लो फिल्म ताण्डबमा नम्रतासँगै अभिनय गरेका आशिष राना लाउरे र गीरीश खतीवडा पनि नम्रतासंगै गायनमा सक्रिय हुनेछन् । असोजको पहिलो हप्ताको शनिवार पोखरा र दोस्रो शनिवार काठमाडौमा कन्सर्ट हुने भएको छ ।
प्रतिक्रिया