स्वास्थ्यकर्मी र कोरोना संक्रमितको मनोबल बढाउन देशभर दीप प्रज्ज्वलन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ भाद्र २०७७, सोमबार ०५:०६

काठमाडौं । सरकारले स्वास्थ्यकर्मीको सम्मान र कोरोना संक्रमितको मनोबल बढाउन असोज १ गते दीप प्रज्ज्वलन गर्न सबैलाई आग्रह गरेको छ । त्यहीँ समयमा कोरोनाबाट मृत्यु भएकाको सम्झनामा एक मिनेट मौनधारण पनि गरिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज १ गते बेलुकी ८ बजे देशैभर दीप प्रज्ज्वलन गर्न सबैमा आग्रह गरेको छ । स्वास्थ्य सेवा विभागको उपचार सेवा महाशाखाका प्रमुख डा.तानानाथ पोखरेलले स्वास्थ्यकर्मीको सम्मान र कोरोना संक्रमितको मनोबल बढाउन दीप प्रज्ज्वलन गर्ने निर्णय गरिएको बताए ।

मन्त्रालयले सबै नेपालीमा असोज १ गते बेलुकी ८ बजे घरघरमा दीप प्रज्ज्वलन गर्न आग्रह गरेको छ । असोज ७ गते सबै स्वास्थ्यकर्मीको सम्मानमा माइतीघर मण्डलामा दीप प्रज्ज्वलन गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१