नेशनल प्याब्सन काठमाण्डौको उपत्यकाव्यापी अनलाईन कविता वाचन प्रतियोगीता सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ भाद्र २०७७, आईतवार ०६:२४

काठमाडौं। नेशनल प्याब्सन काठमाण्डौले आयोजना गरेको उपत्यकाव्यापी अनलाईन कविता वाचन प्रतियोगीता शनिवार भब्यताका साथ सम्पन्न भएको छ ।   प्राज्ञ जीवेन्द्र देव गिरी(पूर्व सदस्य सचिव, नेपाल प्रज्ञा प्रतिष्ठान) को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अतिथिहरु  नेशनल प्याब्सन राष्ट्रिय अध्यक्ष रितु सापकोटा,महा सचिव शुवास न्यौपाने र वरिष्ठ सल्लाहकार कर्ण बहादुर शाही रहेका थिए । कार्यक्रमको सभापतित्व काठमाण्डौ जिल्ला अध्यक्ष खड्क बहादुर बस्नेतले गर्नु भएको थियो भने । उक्त कार्यक्रम संचालन सचिव  अमृत खड्काले  गर्नुभएको थियो । यस प्रतियोगितामा प्रथम क्रिस्मादा भट्ट कक्षा-६ -ज्ञानभूमि स्कुल), द्वितीय श्रेया दाहाल कक्षा-७- न्यू भिजनस्कुल) , र तृतीय सुस्मिता सापकोटा कक्षा-१०- ग्रिन फिल्ड स्कुल) भएका थिए।  प्रतियोगितामा वाल्मीकि क्याम्पसका क्याम्पस प्रमुख सहप्राध्यापक डा. गणेशप्रसाद घिमिरे तथा सोही क्याम्पसका उपप्राध्यापक डा. माधवप्रसाद लामिछानेले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । कार्यक्रमको संयोजन प्रेम कुमार भुजेल र प्रबक्ता तथा संचार प्रमुखको भूमिका राजन श्रेष्ठले  निभाएका  थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१