घरबेटीको कुटाइबाट कीर्तिपुरमा भाडामा बस्ने शम्भु चौधरीको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ भाद्र २०७७, आईतवार ०५:४५

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा घरबेटीको कुटाइले एकजनाको मृत्यु भएको छ । आज बिहान भाडामा बस्ने र घरबेटीबीचको सामान्य विवादमा घरबेटीको कुटाइबाट भाडामा बस्ने व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौंको कीर्तिपर– ७ मा घरबेटी प्रेमलाल महर्जनले काठले कुटेर भाडामा बस्ने ४० वर्षका शम्भु चौधरीको हत्या गरेका हुन् ।

महानगरीय प्रहरी प्रभाग कीर्तिपुरका डीएसपी रुकेश तन्डुकारले घरबेटीलाई पक्राउ गरिएको जानकारी दिए । कुटाइबाट गम्भीर घाइते भएका चौधरीलाई कीर्तिपुर अस्प्ताल लगिएको थियो । उनको अस्पतालमै मृत्यु भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१