२४ घन्टामा काठमाडौं उपत्यकामा ४३१ जनामा कोरोना भाइरसको संक्रमण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ भाद्र २०७७, आईतवार ०५:४०

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा उपत्यकाका तीन जिल्लामा ४ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

मन्त्रालयले काठमाडौंमा ३ सय ७७ जना, भक्तपुरमा १७ जना र ललितपुरमा ३७ जनासहित पछिल्लो २४ घन्टामा उपत्यकामा ४ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ ।

पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार २ सय १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका १ हजार २ सय १ जनासहित देशभर संक्रमितको संख्या ५३ हजार १ सय २० पुगेको जानकारी दिए । संक्रमितमध्ये ३७ हजार ५ सय ३४ जना उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१