स्यानिटाइजर किन्दा यी ३ कुरा ध्यान दिनू

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ भाद्र २०७७, शनिबार ०५:४०

काठमाडौं । के तपाईले बजारमा स्यानिटाइजर किन्नु भएको छ वा किन्न जानु लाग्नु भएको छ । यदि तपाई स्यानिटाइजर किन्दै हुनुहुन्छ भने अब तपाईले ध्यान दिनै पर्ने तीन कुरा छन् ।

कोरोना भाइरस महामारी सुरु भएयता विश्वभरि यो रोगसँग जुध्न तीनवटा सामान्य विधि विश्व स्वास्थ्य सङ्गठन र धेरै देशका सरकारहरूले अघि सारिरहेका छन्। नेपाल सरकारले पनि सामाजिक दूरी, मास्कको प्रयोग अनि बेलाबेला साबुन वा स्यानिटाइजरले हात सफा गर्न आह्वान गरिरहेको छ।

व्यक्तिगत सरसफाइलाई कोरोनाभाइरसबाट जोगिने उत्तम उपाय मानिएको छ। त्यसका लागि घरभित्र बस्दा साबुनपानीको प्रयोग बढी प्रभावकारी र किफायती मानिन्छ। तर तपाई हामी बाहिर निस्किँदा साबुनपानी प्रयोग गर्न सम्भव नहुने हुँदा तत्काल हात सफा गर्न स्यानिटाइजर उचित मानिन्छ।

स्यानिटाइजरबारे नेपालमा कुनै विस्तृत अनुसन्धान त भएको छैन तर मुख्य नियामक निकाय औषधि व्यवस्था विभागले गर्दै आएको निरीक्षण अनुगमनमा कतिपय गुणस्तरहीन हुनसक्ने पाइएको छ। त्यसैले हामी बजारमा गएर स्यानीटाइजर किन्दै छौ भने हामीले अब खासगरी तीनवटा विषयमा ध्यान दिनस पर्ने छ ।

अल्कोहलको मात्राः कुनै पनि स्यानिटाइजर किन्दा त्यसको लेबल हेरेर त्यसमा अल्कोहलको मात्रा ७०-८० प्रतिशत भएको खण्डमा मात्र किन्नुपर्छ ।

दर्ताः नियामक निकाय औषधि व्यवस्था विभागमा दर्ता भए वा नभएको पहिल्याउनुपर्छ ।

रुपरसः झट्ट हेर्दा खेरि नै त्यसमा अन्य मिसावट भए वा नभएको निर्क्योल गर्नुपर्छ ।

बजारमा अहिले उपलब्ध सबै प्रकारका स्यानिटाइजर कोरोना भाइरस मार्न कति प्रभावकारी छन् भन्ने जान्न विस्तृत अध्ययन आवश्यक छ। अहिलेको अवस्थामा सरसफाइबारे विशेष ध्यान दिनुपर्ने हुनाले स्यानिटाइजरको महत्त्व अत्यधिक बढिरहेको छ। यसैले नियामक निकायहरूले यसको गुणस्तर र प्रभावकारिताबारे पनि ध्यान दिइरहनु पर्ने आवश्यकता देखिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१