के मातृभूमिमाथि बलात्कार गर्न र नेपालको सार्वभौमिकता माथी धावा बोल्न पाइन्छ ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ आश्विन २०७१, बिहीबार १०:०५
IMG_1200 (1)
नेपालको सार्वभौमिकता माथि नै धावा बोलेर हिड्ने यस्तो स्वतन्त्रता नेपालको  अन्तरिम संविधानले दिएको छैन। संसारको कुनै पनि देशमा त्यस देशको संविधानले देशको सार्वभौमिकतालाई नै टुक्राउन हतियार उठाउने तयारी गर्दै हिँड्ने स्वतन्त्रता दिएको हुदैन।
हामी सबै नेपालीहरुको मातृभूमि नेपालको सार्वभौमिकतालाई नै बलात्कार गरी भुण हत्या गरेर नेपाललाई टुक्राएर अलग देश मदेश बनाउछु भनेर हिड्ने देश द्रोही सिके राउत लाई नेपाल प्रहरीले सहास पूर्ण तरिकाले गिरप्तार गरी नेपालको राष्ट्रियता र राष्ट्रले दिएको जिम्मेवारी राम्रो संग पुरा गरेकोछ।
नेपाल सरकारले देश द्रोहिलाई कसरी कारवाहीको दाहेरामा लिउनु पर्दछ भन्ने बिषयमा समयमै उचित ध्यान दिएर  आवस्यक सक्त कारवाही अगाडी बढाउनु पर्दछ। नेपालका केही स्वनामधन्य बुद्धिजीवीहरुले समेत देश टुक्राउँछु भन्ने  सिके राउतको अभिव्यक्तिलाई वाक स्वतन्त्रताको संज्ञा दिएर सामुहिक वक्तव्य निकालेका छन् ।
आफुलाई बुद्धिजीवि र मानव अधिकार वादीको हिमायती भन्नेहरुले संघ सस्था चलाउन कहाँवाट डलर पाउने गर्छन? के बिदेशी दाताहरुवाट  आउने डलर नेपालको सार्वभौममिकतालाई टुक्राउनलाई खर्च भैरहेकोछ त?
अब यस  बिषयमा नेपाल सरकारले समयमै  छानबिन गरेर पत्तालागाउनु पर्दछ। नेपाली राजनीतिक पार्टीको झण्डा बोकेर हिड्ने राजनीतिज्ञ नेपालका बुद्धिजीवी मानव अधिकारको  पगरी गुथेर  हिड्ने मानवाधिकार बादी नागरिक समाजका अगुवाहरुले नेपालको सार्वभौमिकता माथि धावा बोल्दै हिड्ने सिके राउतलाई  नेपाल प्रहरीले गिरप्तार गरी आवस्यक कारवाही अगाडी बढाएको अवस्थामा निज सिके राउतको समर्थनमा बिना सर्त रिहाईको माग गर्दै वाक स्वतन्त्रताको नाममा सामुहिक बिज्ञप्ति निकालेर नेपालको अन्तरिम संबिधानको मूल्य,मान्यता,भावना र मर्मलाई जानी जानी कुल्चिनेहरुलाई तुरुन्त छानबिन गरी कारवाही गर्न नेपाल सरकार हच्कचिनु हुदैन सम्पूर्ण नेपाली जनताको अहिलेको माग नै यहिछ। जय नेपाल

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१