कोरोना परीक्षण गराएको तीन दिन पछि रिपोर्ट रेडी भएको म्यासेज मेरो मोबाइलमा आउना साथ मेरो हात नै काम्यो । लामो सास फेर्दै मोवाइलको म्यासेज खोलेर युजरआइडी र पासबर्ड हाल्न प्रयास गरे तर युजरआइडी नं सहि हानेपनि पासवर्ड दुइपटक गल्ती हानेछु । किन मिलिरहेको छैन मैले त जे छ त्यहि हाने जस्तो लाग्छ के भएको होला भनी टोखा नगरपालिका ६ धापासीमा कोरोना परिक्षण सयोजन गर्नुहुने संजय कुवरलाई फोन गर्नुपर्ने भो भनेर मोवाइल नम्बर खोज्दै थिए । मोवाइल टिपेको डायरी पनि कता मिस्प्लेस भएछ अनि पुन पासबर्ड हान्न खोज्दा त एबलतब हान्नुपर्नेमा उबकक पो हानेको रहेछु अनि किन मिल्थ्यो र । त्यतिखेर सम्म मेरो दिमागले अनेक सोचिसकेको थियो । हात कामी नै रहेका थिए ।
किनकि ११ दिन देखि घरमा कोरोना महामारी भन्दा मानसिक तनाबले निकै सताएको थियो । जब सहि पासवर्ड हानेर हेरे रिजल्ट नेगेटिभ आएको रहेछ । त्यसपछि बल्ल दिमागले काम गर्न थालेको अनुभुति भयो । खुशीको सीमानै भएन । पहिलो खबर छोरा इशानले पाए । छोरा खुशीले बुनुदिदी मामु भन्दै चिच्याए । उनी संगै थिए । अनि अर्को कोठामा रहेकी छोरीलाई बोलाएर भने । श्रीमती मीना शर्मालाई बोलाएं । उनी र छोरी अंकमाल खुशी साटासाट गरे । मेरो आंखा पनि खुशीले रसाए । छोरीले मणिग्राम , शंकरनगर , बीरगंज लगायतका ठाउमा रहनुभएका आफन्त परिबारजनमा खुशीको खबर गरिन । परिबार र आफन्तजनको गु्रपमा पनि कोरोनाको नतिजा रिपोर्ट कपी गरेरै हालियो । जुनबेला सम्म अर्था्त ११ दिन सम्म मणिग्रामबाट छोरी , नातिनीलाई किन पठाइए होला भनी निकै चिन्ता भैरहेको थियो भने बिरामीसंग उनलाई किन लगेको होला भनेर गुल्मीबाट बडेपापाले पनि भनिरहनु भएको थियो ।
कुरा थियो छोरी इशिका ११ दिन अगाडि बुटवलबाट काठमाडौ आएकी थिइन । उनी मेरी श्रीमती मीना शर्माको ठुलो मम्मी उमाकला कण्डेललाई अन्य रोगको उपचारका लागि ल्याइएको एम्बुलेन्समा छोरी पनि संगै आएकी थिइन । काठमाडौ आएपछि अन्य उपचारका लागि भर्ना गरिएकी ठुलो मम्मीलाई कोरोना सक्रमण भएको देखियो । अनि हाम्रो परिबारमा पनि एउटा बज्रपात जस्तै भयो । हुन त कोरोना महामारीको असर बिश्वब्यापि रुपमा र नेपालमा पनि परेको छ र हजारौलाई प्रभावित भएका छन त्यसको समाचार म पत्रकार भएको हुनाले बिगत ६ महिना देखि बनाउदै आएको पनि हो अनेक पीडा पनि देखेकै हो तर घर परिबारमा नै परेपछि त्यसले थप पीडा दिने रहेछ । त्यो पीडा कोरोना महमारीले भन्दा अन्य कारणले परेको हो । बास्तबमा मैले सोचे आज मलाइ जस्तै पीडा हुने कति छन । अहोरात्र कोरोना नियन्त्रण र ब्यबस्थापनका लागि खटिने सुरक्षा निकाय , कर्मचारी , जनप्रतिनिधि , चिकित्सक लगायतका परिबारमा पनि हरेक क्षण अनेक पीडाको भारी बोकेको हुनुपर्छ ।
कोरोना महमारी भन्दा तनाब बढी हुनुको कारण हाम्रो समाज र समुदायको प्रबृत्ति हो । हामीले छोरीलाई घरमै पुर्ण रुपमा स्ुरक्षित ढंगले आइसोलेशनमा राखेका थियौ । यदि उनलाई पनि कोरोना देखियो भने घरमै राखेर कोरोना नेगेटिभ आउने गरी सतर्कताका साथ केयर गरिरहेका थियौ हामी एक किसिमले जे भएपनि हामी जित्न सक्छौ भन्ने आत्मबल बढाउन अनेक प्रयास गरेका थियौ । पाचौ दिन सम्म त निकै तनाब भएको थियो किनकि जे लक्षण दखिने हो त्यो पाचौ दिन सम्म देखिन्छ भन्ने कुरा सुनेको हो । जब पांचौ दिन सम्म पनि कुनै लक्षण नदेखिएपछि हामी धेरै हद सम्म ढुक्क थियौ तर आशंका थियो नै । बिरामीसंगै आएका कान्छा छोरा नेत्र कण्डेलको रिपोर्ट नेगेटिभ आइसकेको थियो ।
मैले कोरोना देखिएपछि ठुलो मम्मीलाई पाटन अस्पतालमा भर्ना गर्न चार घटना सम्म भएको सास्तीका बारेमा लेखेको लेख पढेर प्रतिष्ठित मेडिकल चिकित्सक भएर पनि कोरोना महामारीबाट बच्न प्राकृतिक चिकित्सा पद्धति पनि अगाल्न , प्रयोग गर्न आम नागरिकलाई मिडिया मार्फत सिकाइरहनुभएका डा सुन्दरमणि दीक्षितले छोरीलाई लक्षण नदेखिएपनि परिक्षण गराउन सुझाब दिनुभयो भने टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी र उपप्रमुख ज्ञानमायां डंगोल सहितका सबद्ध वडाका जनप्रतिनिधिले समेतले पनि चासो राख्नुभएपछि मैले छोरीलाई ग्राण्डी अस्पताल नजिक राखिएको परिक्षण केन्द्रमा लगेर स्वाव दिन लगाएको थिए ।
त्यतिखेर सम्म गाउंमा निकै हल्ला भैसकेको थियो । कसैले भन्न पनि नसक्ने तर तर पत्रकारको घरमा त कोरोना देखियो रे पत्रकारका आमा छोरीलाई ने देखियो रे जस्ता कुरा सांझ बिहान बाहिर निस्कदा हुने दुइ चार जनाको भेटमा हुदो रहेछ । मैले गाउंमा हुने गरेका गाइगुइं थाहा पाइरहेको थिए तर मैले कसैलाई जबाफ दिदै हिडन उचित ठानिन । जबाफ पनि कसैले सोधेको भएपो दिनु र ? त्यो गाउमै अनाबश्यक तनाब भयो
निषेधाज्ञाले गर्दा दिनभरि घरमा थुनिन बाध्य भएकाहरु साझ बिहान एक चरण घर बाहिर फ्रेस हुन निस्किेको भन्ने अनि अनि यस्तै अनुमान र हल्लालाई बिषय बनाएर समय ब्यतित गर्ने । जसले गर्दा समुदायलाई त्रास बनाएको अनुभुति मैले गरे । जति कुरा मैले बाहिर गाइगुइं सुने त्यो कुरा थप तनाब हुन्छ भनेर घर परिबारमा भनिन । जब रिजल्ट नेगेटिभ आयो त्यसपछि मात्र शेयर गरे । त्यसैले कोरोना महमारीले भन्दा समुदायमा अनाबश्यक रुपमा गरिने हल्लाले बढी तनाब दिइरहेको छ । मेरो परिबार एउटा प्रतिनिधिमुलक घटना मात्र हो यस्तो सबैतिर भैरहेको छ ।
कन्ट्याक्ड ट्रेसिङमा पर्दा त यति बिधि गरिन्छ भने कोरोना पुष्टि भएपछि ती बिरामीका परिबार प्रति समाजले हेर्ने दुष्टिकोणले पनि बढी पीडा दिने गरेको छ । बिरामी र परिबारमा आत्मबल बढाउन सहयोग गर्नुपर्नेमा उल्टै गलत दुष्टि लगाउने जुन खालको प्रबृत्ति छ त्यसको अन्त्य गर्न हामी सबैले आआफनो ठाउबाट भुमिका खेल्नुपर्छ । अन्य जटिल रोग नलागेको भए कोरोना मात्र लागेर मरिदैन र अहिले सम्म नेपालको हकमा त्यस्तो घटना छैन भन्दा पनि हुन्छ । सुरक्षित ढंगले आइसोलेशनमा बस्ने र तातो पानी , दुध बेसार र अन्य घरमै तयार गर्न सकिने गुर्जो लगायतको नियमित सेबनले कोरोनाको उपचार घरमै पनि गर्न सकिन्छ ।
तर घरमै कोरोनाको उपचार गराएको जानकारी पाएमा हाम्रो समाजको सोचाई र प्रबुत्ति यति रुखो हुन्छ त्यसको कुनै सीमा नै हुदैन । त्यसैले परिबारको कुनै सदस्य बिना कोरोना सक्रमित बिरामी अस्पताल गएर बस्नु परेको छ । परिबारबाट टाढा हुदा अर्थात कोरोनाको उपचारबाट नफर्के सम्म परिबारले भेट्ने कुरा असंभब हुदा त्यो बिरामीलाई थप पीडा हुने र आत्मबल कमजोर हुने रहेछ । त्यो कुराको अनुभुति मैले ठुलो मम्मी उमाकला कण्डेलसंग नियमित रुपमा मोवाइलमा कुरा गर्दा पाउदथे । अहिले उहा पनि ठीक भैसक्नुभएको छ । र पनि परिबारमा तनाब छ । अहिले त १४ दिन पुगेपछि जे भएपनि घर पठाउने नीति बिश्वस्वास्थ्य संगठनको रहेको भन्दै हाम्रो सरकारले त्यसैलाई आधार बनाएको छ । यधपि अफ्ट्यारो छ बिरामीलाई भने बिचार गर्ने कुरा हुंदो रहेछ ।
शुरुका दिनमा त पाटन अस्पतालका नर्सहरुले रिक्स लिएर कोरोना उपचार गराइरहेकी आमासंगै बसेर स्याहार सम्हार गर्न दबाब समेत दिए । बुढी मान्छेलाई गाह्रो भो भन्दै खबर गर्न थाले । अनि हामीले के उहांसंग बस्ने अनि उहां सन्चो भएर फर्केपछि उहांकै छोरा बुहारी हुदै कण्डेल परिबार नातेदारले त्यो बेड अक्कुपाइ गरिरहने हो र भनी मैले आफनो परिचय दिएर कुरा गरे । अनि कुरा मिलाउदै हामीले भनेको होइन आमाले भनेर मात्रै कुरा गरेको बताए । त्यसपछि बल्ल बस्न त मिल्दैन भन्ने जवाफ आयो र बिरामीको हेरबिचारमा कुनै कमी हुन दिइएन । चिकित्सक नर्सका पनि समस्या होलान यो संकटमा आफनो ज्यान बाजी थापेर उपचारमा लागेका छन त्यसमा कुनै बिबाद छैन र त्यसका लागि सलाम गर्नुपर्छ तर कुनै पनि बहानामा कोरोनाको बिरामीसंगै बस्नुपर्छ भन्नु त भएन नि । अन्यत्र पनि त्यस्तो छ भने हुन दिनुहुदैन ।
समाजमा हुने गाईगुइको हल्लाले जति पीडा दियो त्यत्तिकै रुपमा आफन्त नातेदार , साथीहरु , मान्यजन जो स्वदेश देखि बिदेशमा रहनुभएका सयौ जनाले फोन गरेर म र मेरो परिबारप्रति राख्नुभएको चासो र सरोकारले आत्मबल बढाएको थियो । निषेधाज्ञाकाबीच पनि कतिपय साथीहरु घरमै पनि आउनुभयो त्यसका लागि हाम्रो परिबार आभारी छ ।
बास्तबमा कोरोनाको सक्रमण नदेखिएपनि कन्ट्याक्ड ट्रेसिङमा परेको परिबारमा केही दिन के देखिने हो भन्ने पीडा भयो । बरु आफैलाई भएको भए जसो तसो हुन्थ्यो सहिन्थ्यो र फेस गरिन्थ्यो तर घरका बालबच्चामा आइपर्ने कुनै पनि नराम्रो घटनाले बढी पीडा दिदो रहेछ । ठुलो मम्मीलाई पोजेटिभ देखियो भनेपछि सांझ बिहान गुर्जो , अन्य आयुर्बेदिक मसला सहितको ज्वानो पानी बेसार पानी दुध बेसार साझ बिहान खाने काम भयो भने तातोपानी त सकेसम्म धेरै खाइयो र प्रत्येक दिन सांझ स्टीमपनि लिइयो । किनकि कारोना महामारी भन्दा कोरोना पोजेटिभ देखियो भने समाजको हेराइ र बुझाइ कस्तो हुने होला भन्ने चिन्ता सबै भन्दा बढी थियो ।
कोरोना महामारी एउटा सरुवा रोग हो त्यसलाई हामीले सहज रुपमा लिएर आत्मबल बढाउने काम गर्नुपर्छ । कसैलाई पनि ए त्यसको परिबारमा कोरोना लागेछ भनेर त्रसित बनाउने काम गर्नुहुदैन र डेरामा बस्नेहरुलाई घरबेटीले ढाडस दिने समयमा उल्टै नकारात्मक दुष्टिले हेरी कोठामा बस्न नमिल्ने तह सम्मको कुरा गर्ने गरिएको छ यो आफैमा अत्यन्त घातक पक्ष हो त्यस्तो कार्य जो कसैबाट नहोस यहि मेरो पनि कामना ।
प्रतिक्रिया