नुवाकोटका नेता एवं बागमती प्रदेशसभा सदस्य मैनाली गरे बिरामीका लागि आर्थिक सहयोग गरे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ भाद्र २०७७, शुक्रबार ०५:४५

नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नुवाकोटका नेता एवं बागमती प्रदेशसभा सदस्य बद्री मैनाली राजनीति बाहेक सामाजिक काममा पनि सहभागी हुन्छन । उनी नुवाकोटका नागरिकहरू खोजी खोजी सहयोग गर्छन । लामो समयदेखि विभिन्न स्कुल र सामूदायिक काममा पनि सहयोग गर्दै आएका मैनाली नुवाकोटका नागरिक आर्थिक अभावमा छटपटिएको थाहा पाउने वित्तिकै घर खोज्दै पैसा लिएर कोठामै पुग्छन र ढाडस दिन्छन । बिहीबार उनले नुवाकोटको सूर्यगढी गाउँपालिकाका एक जना बिरामीका लागि आर्थिक सहयोग गरे । सूर्यगढीको वडा नम्बर ४ का स्थायी बासिन्दा अर्जुन गिरीका लागि नगद २५ हजार रूपैयाँ सहयोग गरे । गिरी बोन क्यान्सरबाट पीडित गिरीको अहिले उपचार भैरहेको छ । मैनालीले आर्थिक सहयोग गर्दै यस्ता खालका रोगमा सरकारले निशुल्क उपचार गराउनका लागि नीतिगत व्यवस्था गर्न पहल गर्ने प्रतवद्धता जनाए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१