चौबिस लाखको बिद्यालय भवन अलपत्र

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ आश्विन २०७१, बिहीबार १०:००

योगी योगेन्द्र/

संखुवासभा/  २ असोज  । जिल्लाको धुपू स्थित श्री जनज्योति उच्च माध्यमिक विद्यालयको चौबिस लाख मूल्य बराबरको भवन अलपत्र परेको छ। २०६६र०६७ सालमा सो रकम भवनमा परेकोमा अहिले सम्म तिन भागको एक भाग मात्र विद्यालय बनेको छ। विद्यालयको दुई तले भवन अहिले सम्म एक तला मात्र बनेको छ।

भवन निर्माणमा परेको सबै रकम प्रअ चुडा बहादुर थापा,पूर्व विद्यालय ब्याबस्थापन समितिका अध्यक्ष तिर्थराज भट्टराई रविद्यालयका प्राचार्य राजकुमार कलाखेतीको मिलेमहतोमा ब्याजमा राखी भवन निर्माण कार्यलाई अलपत्र परेको बुद्धिजिबिहरुले आरोप लगाएका छन् । भवन चार वर्ष बितिसक्दा पनि अझै पुरा हुन सकेको छैन।

भवन बनाउन ठेकेदार केशर लामा र भक्त बहादुर बिकले जिम्मालिएका थिए। उनिहरु भन्छन हामीलाई पैसा नदिएको कारण निर्माण कार्य थप्प परेका हौ। भवन निर्माण कार्यमा प्रअ चुडा बहादुर थापाले गरेको अनियमितता रोक्न कुनै पनि निकाय र संघ सस्थाले चासो नदेखाएको स्थानियहरुको भनाई छ।

तिन वटा बिद्यालयमा चौबिस लाखको दरले परेकोमा दुई वटा बिद्यालय श्री हिमालय उच्च माध्यमिक विद्यालय खाँदबारी र चैनपुर बिज्ञानको भवन निर्माण भईसकेको छ। तर जनज्योति उच्च माध्यमिक विद्यालयको भवन भने अलपत्र अवस्थामा छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१