बर्दिया जिल्ला आर्सेनिकको उच्च जोखिम

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ आश्विन २०७१, बिहीबार ०९:५६

सन्दिप कुमार बैश्य
बर्दिया , २ असोज   । तराई क्षेत्रका आर्सेनिक प्रभावित १० जिल्ला मध्ये बर्दिया जिल्ला आर्सेनिकको उच्च जोखिम देखिएको तेस्रो जिल्लामा पर्दछ । करिब ५ बर्ष बिती सक्दा पनि यस जिल्लामा रहेका अधिकांस ट्यूवबेल (हाते धारा) हरुको आर्सेनिक परिक्षण गरिएको छैन नगर्दा सोही आर्सेनिक युक्त पनि पिउन बाध्य छन । आथिर्क बर्ष ०६४/०६५ मा युनिसेफको आथिर्क सहयोग र खानेपानी तथा ढल निकास विभागको प्राविधिक सहयोगमा जिल्लामा रहेका ६० हजार ट्यूवबेल (हाते धारा) परिक्षण गर्दा २६ हजार ट्यूवबेल (हाते धारा) मा ५० पि.पी.बी भन्दा माथि पानि पाइएकोले आर्सेनिक भेटिएका करिव ३ हजार ६ सय घरधुरीमा आर्सेनिक न्युनीकरण्ँका निम्ति कंचन आर्सेनिक फिल्टर वितरण गरिएको थियो भने जनसंख्या बृद्धि हुदै जदाँ नयाँ ट्यूवबेल (हाते धारा) हरुको निर्माण हुने क्रम जारी रहिरहेको छ । आर्सेनिक परिक्षण गर्ने काम पनि यस क्षेत्रमा लामो समयदेखि नभएकाले यस क्षेत्रका बासिन्दा हरु आर्सेनिक युक्त पानि पिउन बाध्य छन् तर सोको निवरण तर्फ सम्बन्धित निकाय बेखबर रहेको छ । आर्सेनिक पानीमा घुल्न सक्ने मन्द विष हो । जमिन मुनिका पानीलाई दबाब दिएर अथवा मोटरका माध्यमबाट बाहिर निकालिएमा आर्सेनिक युक्त पानी आउने गर्दछ । विषेश गरी तराई क्षेत्रमा जमिन मुनिका पानीलाई ट्यूवबेल, हाथे नलको माध्यम द्धारा निकाली पानी पिउने भएकाले तराईका जिल्लाहरु आर्सेनिकबाट प्रभावित भएको पाईन्छ ।

जिल्लामा रहेका अधिकांस गाबिसहरुको तुलनामा गुलरिया नगरपालीका बढि आर्सेनिक प्रभावित भएको खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय बर्दियाले जनाएको छ । १० पि.पी.बी. भन्दा माथिको पानी स्वास्थ्यका दृष्टिले पिउन नहुने विश्व स्वास्थ्य संगठनले बताएको भएता पनि नेपाल , भारत र बंगलादेशमा ५० पि.पी.बी. सम्मको पानीलाई पिउन योग्य मानिएको छ ।

२ देखि १० वर्षसम्म लगातार आर्सेनिक युक्त पानी पिएमा आर्सेनिकका लक्षणहरु देखा पर्न सक्ने अनुमान छ । आर्सेनिक युक्त पानी पिएमा विभिन्न छाला सम्बन्धी रोगहरु लाग्ने सुरुका लक्षणमा बान्ता हुन , आन्द्रामा खराबी देखिने ,हात खुट्टाका नशाहरुलाई असर गर्ने र हात खुट्टा लाटो भएर झमझमाउने पछि गएर अङगभङग समेत हुने गरेको स्वस्थ्य बिशेषज्ञहरुको ठहर छ । यसले शरीरका मुख्य अङगहरु मृगौला, मुत्र थैली र कलेजोमा समेत ठुलो असर पार्ने गर्दछ । यस्ता मानव स्वास्थ्यसंग जोडिएको आर्सेनिक न्युनीकरण्ँका अभियानलाई राज्यले उच्च प्राथमिकतामा राखी चाँसो दिन अवश्यक देखिएको छ । दिनानुदिन नव निमिर्त ट्युवबेलको वृद्धि हुनु र लामो समयसम्म पानीका स्रोतहरुको आर्सेनिक परिक्षण नहुनु यस क्षेत्रको लागि लज्जास्पद कुरो हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, पुस ११, २०८१