भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ भाद्र २०७७, बुधबार ०४:४४

चितवन । भरतपुर अस्पतालमा उपचाररत एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर १ का ६४ वर्षीय वृद्धको मृत्यु भएको हो । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार उनलाई भदौ १७ गते कोरोना पुष्टि भएको थियो ।

सङ्क्रमण पुष्टि भएपछि खोकीसहित श्वासप्रश्वासमा समस्या भई भदौ १९ गते भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा आज साँझ ५ः३० बजे कोभिड सघन उपचार कक्षमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

लामो समयदेखि मिगौलाको बिरामी भई डायलासिस गराउँदै आएका उनको अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटर उपचार गरिएको थियो । यससँगै जिल्लाका अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । एक वृद्धाको घरमा नै मृत्यु भएको थियो । चितवनका १२, मकवानपुरका ५, नवलपरासी सुस्ता पूर्वका ३, बारा, गोर्खा र कैलालीका १÷१ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१