जग्गा कित्ताकाट खुल्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ भाद्र २०७७, मंगलवार ०५:२४

काठमाडौं । कृषियोग्य भूमि खण्डिकरण रोक्नका लागि बन्द गरिएको जग्गाको कित्ताकाट खुल्ला भएको छ । सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भदौ १८ गते कित्ताकाट खुल्ल गर्ने निर्णय गरेको छ ।जग्गाको खण्डिकरण सम्बन्धी विषय पेश हुँदा कृषियोग्य जग्गाको खण्डीकरण सम्बन्धी यसअघि भएका पूर्ण निर्णयहरू बदर गर्दै मन्त्री पद्मा अर्यालले कित्ताकाट फुकुवा गराएकी हुन् । मन्त्रालयले भूमी व्यवस्था तथा अभिलेख विभाग र नापी विभाग लगायतमा यो निर्णय परिपत्र गरिसकेको छ ।

२०७४ सालमा भूमि खण्डीकरण रोक्न भन्दै जग्गाको कित्ताकाट रोकिएको थियो । तत्कालिन भूमि व्यवस्था मन्त्री गोपाल दहितले बन्द गराएको कित्ताकाट मन्त्री अर्यालले खुल्ला गरेकी हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१