३६ सय सुरक्षाकर्मीमा कोरोना संक्रमण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ भाद्र २०७७, मंगलवार ०५:१९

काठमाडौं । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका गरी ३ हजार ६ सयभन्दा बढी सुरक्षाकर्मी कोरोना संक्रमित भएका छन् । देशभर २ हजार ३ सय १७ नेपाल प्रहरी, ७ सय ४२ सशस्त्र प्रहरी र ६ सय बढी नेपाल आर्मीमा कोरोना देखिएको छ ।

नेपाल प्रहरीमा उपत्यकामा कार्यरत सुरक्षाकर्मी बढी प्रभावित बनेका छन् । साढे १३ सय संक्रमितमा उपत्यकाका मात्र ६ सय ६४ जना रहेका छन् । कुल संक्रमितमध्ये ९ सय ६७ जना संक्रमणमुक्त भइसकेका नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए ।

सशस्त्र प्रहरीमा कुल ७ सय ४२ संक्रमितमध्ये ३ सय ५४ उपचाररत रहेका छन् । ३ सय ८८ जना संक्रमणमुक्त भइसकेका सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी राजु अर्यालले जानकारी दिए ।

नेपाली सेनामा ६ सयभन्दा बढी संक्रमित रहेका सेनाले जनाएको छ । संक्रमितमध्ये २ सय ६१ जना संक्रमणमुक्त भइसकेका र अन्यको उपचार भइरहेको नेपाली सेनाका प्रवक्ता, सहायक रथी सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।

संक्रमित सबै सुरक्षाकर्मीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । पछिल्लो समय कोरोना संक्तमणबाट उपत्यकामा खटिएका सुरक्षाकर्मीह बढी प्रभावित भइरहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१