कपडामा अड्किएको कोरोना कति दिनसम्म बाँच्न सक्छ ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ भाद्र २०७७, सोमबार ०५:५४

एजेन्सी । कोरोना भाइरसको संक्रमणले अहिले संसार नै ठूलो समस्यामा परेको छ । अमेरिकामा गरिएको एक अध्ययनले चिसो बढ्दै गएपछि घर बाहिरका सतहमा पनि कोरोना भाइरस लामो समय बाँच्न सक्ने देखिएको छ ।

हामीले लगाएका कपडामा अड्किएको कोरोना भाइरस जाडो मौसम वा आद्रता घटेको समयमा एक हप्तासम्म जीवित नै रहने अनुसन्धानको निष्कर्ष छ ।

एकहप्तासम्म उक्त कपडाको कोरोना भाइरसले मानिसलाई संक्रमित पार्ने अवस्था रहन्छ । तर, गर्मी मौसममा भने उक्त भाइरस एकदेखि तीन दिनसम्ममात्र बाँचन सक्ने थियो ।

कान्सास स्टेट युनिभर्सिटीको भेटेरिनरी माइक्रोबायोलोजीका प्रा.योर्गन रिक्ट नेतृत्वको टिमले गरेको अध्ययनमा जाडो मौसममा संसारभर कोरोना भाइरसको नयाँ र ठूलो लहर आउने उल्लेख गरिएको साउथ चाइना मर्निङ पोष्टमा उल्लेख छ ।

गर्मी मौसममा ढोकाकको ह्याण्डल, चुकुल र झ्यालहरुमा १० घन्टासम्म बाँच्न सक्छ भने जाडो मौसममा कोरोना भाइरस २० घन्टाभन्दा धेरै समयसम्म बाँच्न सक्छ ।

अध्ययनमा दैनिक व्यवहारमा सम्पर्क गरिरहने १२ प्रकारका सामग्रीमा भाइरस राखेर त्यो कति समयसम्म बाँच्दो रहेछ भनेर हेरिएको थियो। ढलान, रबर, पन्जाहरू र एन-९५ मास्कमासमेत कोरोना भाइरसको आयु हेरिएको थियो ।

अध्ययनको निष्कर्षले जाडो मौसममा कोरोना भाइरसको महामारी थप फैलिने कुरालाई पुष्टि गरेको छ । प्रभावकारी अध्ययन प्रतिवेदनका विषयमा अमेरिकामा विश्लेषण र थप अध्ययन थालिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१