बुढानिलकण्ठ नगरपालिका ११ नम्बर वडाले संचारकर्मीहरुको कोरोना बिमा गर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० भाद्र २०७७, शनिबार ०६:०५

काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाको ११ नम्बर वडाले संचारकर्मीहरुको कोरोना बिमा गर्ने भएको छ । महामारीको रुपमा बढ्दै गएको कोरोना भाइरस संक्रमणको अग्रमोर्चामा रहेर जनतालाई सूचना प्रदान गरिरहेका संचारकर्मीहरुको कोरोना बिमा हुने भएको हो ।

कोरोना प्रकोप नियन्त्रण तथा रोकथाम अभियानको अग्र मोर्चामा रहेर जनतालाई सुचना प्रादन गरिरहेका संचारकर्मीहरुलाई उर्जा प्रदान गर्दै उनीहरुको सत्कर्मको प्रोत्साहन गर्नका लागि सो निर्णय गरिएको वडा कार्यालयले एक सूचना जारी गर्दै बताएको छ ।

वडा अध्यक्ष राजु अधिकारीले जारी गरेको सूचनामा बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा बसोवास गर्ने संचारकर्मीहरुले वडा कार्यालयमा सम्पर्क राख्न सकिने बताइएको छ ।118672737_758888551563494_1358894791174350008_n.jpg

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१