बिदाइ कार्यक्रममा अर्थमन्त्री खतिवडाको सुझाव : सुधारका कामलाई म नभए पनि निरन्तरता दिनुहोला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० भाद्र २०७७, शनिबार ०६:०१

काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले अर्थतन्त्र क्षेत्रमा सुधारका लागि धेरै राम्रा कामको सुरुवात गरेको भन्दै निरन्तरता दिन सुझाउनु भएको छ । अर्थ मन्त्रालयमा शुक्रबार कर्मचारीसँगको बिदाइ कार्यक्रममा अर्थमन्त्री खतिवडाले यस्तो सुझाव दिनुभएको हो ।

उहाँले आफूले अर्थतन्त्र सुधार र वित्तीय अनुशासनको लागि धेरै सुधारको जग बसाएको तथ्य राख्दै यसलाई निरन्तरता दिनका लागि कर्मचारीलाई आग्रह गर्नुभयो । ‘म अफ्ठ्यारो बेलामा अर्थमन्त्री बनेको तपाईंहरू सबैलाई थाहा नै छ, हामीले धेरै सुधार गरेका छौँ, केही विषय सुधार गर्न खोज्दा सबैतिरबाट साथ पाइएन तर हामीले सुरु गरेका सुधारलाई म नभए पनि निरन्तरता दिनुहोला’, अर्थमन्त्री खतिवडाको भनाइ थियो ।

अर्थमन्त्री खतिवडाले अर्थतन्त्र कमजोर भएको र वित्तीय अनुशासन ओरालो लागेको बेलामा आफू आएको र सबै कर्मचारीको साथले सुधारको जग बसाल्न सकिएको भन्दै कर्मचारीलाई धन्यवाद पनि दिनुभयो । बिदाइ कार्यक्रममा मन्त्रालयका सचिव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नर, लगानी बोर्डका सीईओ, केही सहसचिव, भन्सार विभागका महानिर्देशक, महालेखा नियन्त्रकलगायत सहभागी हुनुहुन्थ्यो ।

नेकपाले राष्ट्रिय सभा सदस्यमा उपाध्यक्ष वामदेव गौतमलाई लैजाने निर्णय गरेपछि अर्थमन्त्री खतिवडाले आज राजीनामा दिनुभएको छ । प्रधानमन्त्रीलाई राजीनामा दिनुअघि उहाँले आफूले सम्हाल्दै आएको अर्थ र सञ्चार एवं सूचना प्रविधि मन्त्रालय पुगेर कर्मचारीसँग बिदा लिनुभएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१