बुढानिलकण्ठका -११ का संक्रमितको घरघरमा पुगे जनप्रतिनिधि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ भाद्र २०७७, शुक्रबार ०६:१८

काठमाडौं। बुढानिलकण्ठ नगरपालिकाका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरुले संक्रमितको घरघरमा पुगेर स्वास्थ्य सामाग्री र प्रोत्साहन रकम वितरण कार्य सुरु भएसँगै नगर उप प्रमुख रमा राई संगै वडा नं ११ का जनप्रतिनिधिहरु संक्रमितको घरघरमा पुगेका छन् ।

बुढानिलकण्ठ नगरपालिका की उपप्रमुख रमा राई संगै वडा अध्यक्ष राजु अधिकारी, ,कार्यपालिका सदस्य सुकुलाल सुनार (संगम ) ,वडा सदस्य भगवती निरौला ,बिनोद तामांग ,बिमल लामा सहितका जनप्रतिनिधिहरुले होम आइसोलेशनमा बसेका संक्रमितको घरघरमा पुगेर आवश्यक स्वास्थ्य र मनोवैज्ञानिक परामर्श , स्वास्थ्य सामाग्री तथा उनीहरुको लागी सन्तुलित र पौष्टिक भोजनका लागी रकम वितरण गरेका थिए ।

यस नगरपालिका ले सन्तुलित र पौष्टिक भोजनका लागी दिइने खर्च अनुरुप परिवारमा १ जना मात्र संक्रमित भएकोलाई रु ४००० , एकजना भन्दा बेसी संक्रमित भएको परिवारलाई एकमुष्ट रु ६००० र संक्रमितको सहयोगीलाई २००० दिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१