सरकारबाट विदा हुने भए युवराज खतिवडा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ भाद्र २०७७, शुक्रबार ०६:१३

अर्थमन्त्री डा. युवराज खतिवडा सरकारबाट विदा हुने भएका छन्। राष्ट्रपतिले मनोनित गर्ने राष्टियसभाको एक सदस्यमा बिहीबार बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई लैजाने निर्णय गरेपछि अर्थमन्त्री खतिवडा सरकारबाट बाहिरिने भएका हुन्।

मनोनित एक सदस्यमा मन्त्रिपरिषद्‍‍बाट उपाध्यक्ष गौतमलाई पठाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

‘मनोनित सदस्यमा उपाध्यक्ष गौतमलाई पठाउने निर्णय सचिवालयबाट भएको छ’ उनले भने, ‘अब राष्ट्रियसभाका अर्का सदस्यलाई राजीनामा गराएर अर्थमन्त्री खतिवडालाई निरन्तरता दिने विषयमा पार्टीभित्र कुनै छलफल भएको छैन।’

अर्थमन्त्री खतिवडाको कार्यअवधि यही २० गते कार्यावधि सकिँदैछ। राष्ट्रपतिबाट मनोनित भएर राष्ट्रियसभामा आएका खतिवडाको दुई वर्षे कार्यकाल गत फागुनमै सकिएको हो।

उनले कार्यकाल टुंगो गर्ने गोलाप्रथाका क्रममा दुई वर्षे कार्यकाल छानेका थिए। संवैधानिक व्यवस्था अनुसार संसद सदस्य नभएको व्यक्ति ६ महिना मात्रै मन्त्री बन्‍न पाउँछ। त्यही व्यवस्थाअनुसार अनुसार उनी भदौ २० पछि मनोनित नभए स्वतः विदा हुने छन्।

अहिले उनले अर्थ र सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। उनले सरकारमा आएदेखि तीनवटा बजेट पनि ल्याएका छन्। राष्ट्रियसभामा निरन्तरता प्रधानमन्त्री केपी शर्मा ओली अर्थमन्त्री खतिवडालाई नै कायमै राख्‍ने पक्षमा थिए। तर, उपाध्यक्ष गौतमले आफ्नो अडान छाडेनन्।

सचिवालयमा अध्यक्ष दाहालसहित बहुमत सदस्य गौतमको पक्षमा थिए। खतिवडाको बहिर्गमनसँगै अर्थमन्त्रीमा पार्टीको विवाद मिलाउन संयोजकको भूमिका निर्वाह गरेका महासचिव विष्णु पौडेलको चर्चा भइरहेको छ। कार्यदलको प्रतिवेदनले दुवै अध्यक्ष खुसी भएसँगै अर्थमा उनको चर्चा सुरु भएको हो।

त्यसो त सुरेन्द्र पाण्डेको पनि नाम चर्चामा छ तर उनी वरिष्ठ नेता माधवकुमार नेपाल समूहका हुन्। यस्तोमा प्रधानमन्त्री आफ्ना विश्‍वासपात्रमध्ये एक पौडेललाई नै देशको ढुकुटीको चाबी सुम्पने मनस्थितिमा रहेको स्रोतको दाबी छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१