काठमाडौं उपत्यकामा थप एकहप्ता निषेधाज्ञा गर्ने निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ भाद्र २०७७, बुधबार १८:३२

काठमाडौं । काठमाडौं उपत्यकामा थप एकहप्ता निषेधाज्ञा थपिएको छ । दोस्रो पटक थपिएको समय आज रातिदेखि सकिँदै थियो । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले सामान्य स्वरुप परिवर्तन गरेर निषेधाज्ञा थप्ने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

काठमाडौं उपत्यकामा अब भदौ २४ गतेसम्म निषेधाज्ञा लागू हुनेछ । निर्माण सामग्रीको ढुवानी, होटल तथा रेष्टुरेन्टको ‘टेक अवे’को सेवालाई नियमित गर्नेगरी स्वरुप परिवर्तन गरिएको छ । प्रजिअ भट्टले छुट गरिएका सेवाबारे आज नै सूचना जारी गर्ने बताए ।

कोरोना भाइरसको बढ्दो संक्रमणसँगै भदौ ४ गतेदेखि उपत्यकामा निषेधाज्ञा लागू गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१