वीर अस्पतालका डाक्टर, नर्स र स्वास्थ्य कर्मचारीमा कोरोना संक्रमण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ भाद्र २०७७, बुधबार ०६:०५

काठमाडौं । गरिबहरुले सस्तो र सहज रुपमा उपचार पाउने लामो इतिहास भएकै कारण वीर अस्पताल गरिबहरुको अस्पतालको रुपमा पनि चीर परिचित छ । तर यही अस्पताललाई पनि सरकारले कोभिड अस्पतालको रुपमा समेत परिणत गरेपछि उक्त अस्पताल कोरोना संक्रमणको इपिसेन्टर बन्ने खतरा बढेर गएको छ ।

कोरोना उपचारको लागि आवश्यक पूर्व तयारी नगरिकनै तथा स्रोत र साधनहरु नजुटाइकनै वीर अस्पताललाई कोरोना अस्पताल बनाइएपछि र धमाधम कोरोनाका विरामीहरु भर्ना गर्न थालिएपछि अहिले वीर अस्पतालका डाक्टर नर्स तथा स्वास्थ्यकर्मीहरु भटाभट संक्रमित हुन थालेका छन् । पछिल्लो जानकारीअनुसार, वीर अस्पतालमा डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीहरु गरेर एकैचोटि ७१ जनामा  कोरोना पोजेटिभ पाइएको छ । सोही कारण वीर अस्पतालको ओपीडी आज र भोलि  बन्द हुने भएको छ ।

यसअघि नै वीर अस्पतालका केही डाक्टर तथा कर्मचारीहरुमा कोरोना संक्रमण देखिइसकेको छ । ल्याबका कर्मचारीमा समेत कोरोनापोजेटिभ देखिएको कारण ल्याब नै सील गरिएको अवस्था छ ।

वीर अस्पतालको इमर्जेन्सी कक्षमा कोरोनाका लागि आइसोलेसनका नाममा ५ वटा वेड छुट्याएको छ । तर सो छुट्याइएको बेड पनि सुरक्षित नभएको कारण सोही ठाउँबाट समेत संक्रमण सर्ने खतरा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१