देशभर ७,२८० जना होम आइसोलेसनमा, कुन प्रदेशमा कति ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ भाद्र २०७७, बुधबार ०५:३७

काठमाडौं । देशभर ७ हजार २ सय ८० जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् । अहिलेसम्म कुल कोरोना संक्रमितमध्ये ७ हजार २ सय ८० जना होम आइसोलेसनमा रहेर उपचार गराइरहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ । सरकारले लक्षण देखिएका र नदेखिएका संक्रमित विभाजन गरेर उपचार गर्ने नीति लिएपछि होम आइसोलेसनमा रहनेको संख्या बढेको हो ।

सरकारले लक्षण नदेखिएको तथा सामान्य अवस्थामा रहेको संक्रमितलाई होम आइसोलेसनमा बस्न आग्रह गर्दै आएको छ । अस्पतालमा बेड अभाव हुन थालेपछि सरकारले लक्षण नदेखिएको तथा सामान्य अवस्थामा रहेको संक्रमितलाई होम आइसोलेसनमा राख्दै आएको छ ।

मन्त्रालयकाअनुसार सबैभन्दा धेरै प्रदेश २ मा ४ हजार ९१ जना होम आइसोलेसनमा छन् । बागमती प्रदेशमा मा २ हजार १ सय ६ जना रहेका छन् । प्रदेश १ मा ५ सय ४४ जना होम आइसोलेसनमा रहेका छन् ।

यस्तै प्रदेश ५ मा ३ सय २३ जना, सुदूरपश्चिम प्रदेशमा १ सय ३३ जना र कर्णाली प्रदेशमा ४५ जना होम आइसोलेसनमा रहेका छन् । सबैभन्दा कम गण्डकी प्रदेशमा ३८ जना होम आइसोलेसनमा बसेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१