कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा ११ जनाको मृत्यु (सूचीसहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ भाद्र २०७७, मंगलवार १८:४६

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसख्ंया मनत्रालयले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थप ११ जनासहित देशभर २ सय ३९ जनाको ज्यान गएको जनाएको छ ।

पछिल्लो २४ घन्टामा मृत्यु हुने कुन जिल्लाका कति ?

महोत्तरी ४ वर्षीया बालिका र ३७ वर्षीय पुरुष

सिरहा ६५ वर्षीय पुरुष

पर्सा ५३, ८० र ६० वर्षीय पुरुष

बारा ६० वर्षीय पुरुष

चितवन ५२ वर्षीय पुरुष

काठमाडौं ७० र ३५ वर्षीय पुरुष

मकवानपुर ५८ वर्षीय पुरुष

कोरोना भाइरस संक्रमितको संख्या पनि ४० हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा थप १ हजार ६९ जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थपिएका १ हजार ६९ जनासहित देशभर संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये २२ हजार १ सय ७८ जना उपचारपछि घर फर्किएका छन् भने २ सय ३९ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१