काठमाडौंकामा निर्माण गरिएका आइसोलेसन केन्द्रको निरीक्षणमा सांसदहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ भाद्र २०७७, मंगलवार ०६:२६

काठमाडौं । काठमाडौं जिल्लाका विभिन्न नगरपालिकामा रहेका आइसोलेसन केन्द्रकोहरुको अवस्थाका वारेमा सांसदहरुले निरीक्षण गरेका छन। काठमाडौंमा रहेका आइसोलेसन केन्द्रहरुको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राई ,नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं महानगर पालिका इन्चार्ज जीवनराम श्रेष्ठ ,प्रतिनिधि सभा सदस्य सरिता न्यौपाने र बागमती प्रदेसका प्रदेस सभा सदस्य दिपक निरौलाको टोलीले शंखरापुर ,कागेश्वरी मनोहरा ,दक्षिणकाली ,चन्द्रागिरी ,नागार्जु ,किर्तिपुर र तारकेश्वर नगरपालिकाले तयार पारेका आइसोलेसन केन्द्रको निरीक्षण गर्दै आवस्यक सहयोगका वारेमा छलफल गरेको थियो।

निरीक्षणका क्रममा शंखरापुर र कागेश्वरी मनोहरा नगरपालिका पुगेको सांसदहरुको टोलीमा प्रदेस सभा सदस्य मणिराम फुयाल सामेल भएका थिए भने ति नगरपालिकाहरुले गरेका तयारी र प्रयासका वारेमा नगर प्रमुख सुवर्ण श्रेष्ठ र कृष्णहरि थापाले जानकारी गराएका थिए।शंखरापुर नगरपालिकाको इन्द्रायणी स्वास्थ्य चौकी र कागेश्वरी मनोहरा नगरपालिकामा मुलपानी प्राथमिक अस्पतालमा आइसोलेसन केन्द्र तयार गरिएको छ।

त्यस्तै दक्षिणकाली नगरपालिकामा रहेको मनमोहन समृति सामुदायिक अस्पताल र चाल्नाखेल प्राथमिक स्वास्थ्य चौकी पुगेका सांसदहरुको टोलीलाई दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले तयारी र नगरपालिकालाई आवस्यक कुराहारुका वारेमा जानकारी गराएका थिए।

त्यस्तै किर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन र उपप्रमुख सरस्वती खड्काले किर्तिपुर अस्पताल र अन्य स्थानमा रहेका आइसोलेसन केन्द्रका वारेमा जानकारी गराएका थिए भने प्रदेस सभा सदस्य रमा आलेमगरको उपस्थितिमा चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले श्री कृष्ण मावी ,थानकोट अस्पताल लगायतका आइसोलेसन केन्द्रका वारेमा सांसदहरुको टोलीलाई जानकारी गराएका थिए।

त्यस्तै प्रदेस सभा सदस्य प्रकाश श्रेष्ठ सहित नागार्जुन नगरपालिका पुगेको सांसदहरुको टोलीलाई उपप्रमुख सुशिला अधिकारीले सहरी विकासकोभवनमा स्थापना गरिएको आइसोलेसन केन्द्रका वारेमा जानकारी गराएकी थिइन्।

त्यस्तै तारकेश्वर नगरपालिका वडा नं १ मा रहेको सामुदायिक अस्पतालका वारेमा नगरपालिका प्रमुख रामेश्वर बोहोरा र उपप्रमुख भवानी डोटेल (भानु ) ले जानकारी गराउदै थप सुविधा र सहयोगका लागि आग्रह गरेका थिए।

काठमाडौं जिल्लाका बुढानिलकण्ठ र टोखा नगरपालिकाको यस अघि नै निरीक्षण गरेको सो टोलीले गोकर्णेश्वर नगरपालिकामा आवस्यक तयारी नपुगेका कारण पछी निरीक्षण गर्ने जानकारी दिएको छ।

काठमाडौं जिल्लाका नगरपालिकाले गरेका तयारीको निरीक्षण गर्दै काठमाडौं क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहेका कृष्ण राईले स्थानीय तहले गरेको तयारीमा संघीय र प्रदेस सरकारको सहयोग रहने बताउदै आवस्यक तयारीमा लाग्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका थिए।

त्यस्तै काठमाडौं क्षेत्र नं ८ का प्रतिनिधि सभा सदस्य समेत रहेका जीवनराम श्रेष्ठले कोरोना प्रकोप नियन्त्रणमा स्थानीय तहको निकै महत्वपूर्ण भूमिका रहेको भन्दै आइसोलेसन र अन्य तयारीमा कुनै कसर बाँकी नराख्न आग्रह गरेका थिए।

निरीक्षणमा सहभागी प्रतिनिधि सभा सदस्य सरिता न्यौपानेले स्थानीय तहका जनप्रतिनिधिहरुको प्रसंशा गर्दै सांसदहरुको सहयोग आवस्यक परेमा त्यसको उपयोग गर्न सकिने धारणा राखेकी थिइन् ।

काठमाडौंका स्थानीय तहहरुलाई बागमती प्रदेस सरकारले आवस्यक सहयोग गर्ने जानकारी गराउदै प्रदेस सभा सदस्य दिपक निरौलाले आवस्यक पर्ने सहयोगका लागि नगर कार्यपालिका बैठक बाट निर्णय गरेर प्रदेस सरकारलाई पठाउन आग्रह गरेका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१