विद्यालय भवनमा मदिरा पसल राखेको भन्दै उजूरी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ आश्विन २०७१, बुधबार ०९:३३

सम्राट सिंह

१ असोज /
विद्यालय भवनमा मदिरा पसल सञ्चालन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय बझाङमा उजूरी परेको छ ।
भातेखोला गाविस ९ मा रहेको सुर्मादेवि एकेडेमी ईङलिस बोडिङ स्कूलको भवनमा मदिरा पसल सञ्चालन गरेको भन्दै उजुरी परेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रयाग राज उपाध्यायले विद्यालय भवनमा मदिरा पसल सञ्चालन गरेपछि भातेखोला गाविस ९ घर भएका केशवराज उपाध्याय सहित ३ जनाले जिल्ला प्रशासन कार्यालय बझाङमा उजूरी गरेका थिए ।
उजूरी पश्चात निमित्त प्रमुख जिल्ला अधिकारी दशरथराम ओडले तत्काल आवश्यक कारबार्हिका लागि जिल्ला शिक्षा कार्यालयलाई पत्राचार गरेको थियो ।
विद्यालयको एक सय मिटर वरिपरी सुर्तीजन्य पदार्थ एवं मदिरा बिक्री बितरण गर्न नपाइने नियममा उल्लेख भएपनि खुलेयाम विद्यालयको भवन भित्रै संञ्चालन भएको मदिरा पसल तत्काल बन्द गर्नुपर्ने स्थानियको माग रहेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्षले नै विद्यालय भवनको एक कोठामा मदिरा पसल संञ्चालन गरेको भन्ने उजुरी आएकोे जिल्ला शिक्षा अधिकारी मोतीलाल शर्मा बताए ।
विद्यालयको नाममा दर्ता भएको भवन तथा जग्गामा संञ्चालन भएको मदिरा पसल तत्काल हटाउन जानकारी दिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१