काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा २९८ जनामा कोरोना भाइरसको संक्रमण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ भाद्र २०७७, सोमबार १९:०९

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण तिब्र गतिमा बढेको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार काठमाडौंमा १ सय ९० जना, भक्तपुरमा ४१ जना र ललितपुरमा ६७ जनामा पछिल्लो २४ घन्टामा कोरोना संक्रमण भएको छ । हिजो ४ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । मन्त्रालयले ३ महिला र ४ पुरुषसहित ७ जनाको मृत्यु भएको जनाएको छ । कोरोनाबाट देशभर ज्यान गुमाउनेको संख्या २ सय २८ पुगेको छ ।

मन्त्रालयका अनुसार महोत्तरीमा ४ वर्षीया बालिका, गोरखामा ६५ वर्षीया महिला र रुपन्देहीमा ६८ वर्षीया महिलाको मृत्यु भएको छ । त्यस्तै झापामा ८६ वर्षीय पुरुष, रौतहटमा ४० वर्षीय पुरुष, चितवनमा ७८ वर्षीय पुरुष र भक्तपुरमा ७७ वर्षीय पुरुषको ज्यान गएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या पनि ३९ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा ८ सय ९९ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएका ८ सय ९९ जनासहित देशभर संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको छ ।

संक्रमितमध्ये २१ हजार ४ सय १० जना उपचारपछि घर फर्किएका छन् भने २ सय २८ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१