पशुपति विकास कोषले गुरुयोजना प्रस्ताव गरेपछि स्थानीयहरु आक्रोसित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ भाद्र २०७७, सोमबार ०६:०४

काठमाडौं । पशुपति क्षेत्रको धर्म ,संस्कृति र सम्पदाहरुको संरक्षण तथा गुरुयोजना प्रस्ताव पश्चातको परिस्थितिका वारेमा छलफल गरिएको छ। पशुपति विकास कोषले गुरुयोजना प्रस्ताव गरेपछि त्यसको विरोधमा आन्दोलित बनेका स्थानीयहरुले समिति गठन गरेर विरोध गरेका थिए।

सो क्षेत्रका बस्ति स्थानान्तरणले बस्ति संगै सम्पदा ,जात्रा र मौलिक पर्वहरुको विनास हुने भन्दै स्थानीयहरुको सरोकारका विषयमा संस्कृति तथा पर्यटन मन्त्रि योगेश भट्टराई संग छलफल गरिएको छ।

नेकपा काठमाडौं महानगर कमिटिको संयोजनमा भएको सो छलफलमा मन्त्रि भट्टराईले सो पावन क्षेत्रको धार्मिक ,ऐतिहासिक र सांस्कृतिक पक्षलाई ध्यानमा राखेर प्रवर्धन गर्नका लागि पशुपति क्षेत्रको सिमानालाई कायम राखेर सो क्षेत्रका बस्तीमा रहेका घरहरुलाई पशुपतिको मौलिक धार्मिकपन झल्कने गरि निर्माण गर्नुपर्ने धारणा राखेका थिए।

चक्रपथ भित्र र बाहिर फरक मापदण्ड बनाउदै पशुपति मन्दिर क्षेत्रका घरहरुलाई धार्मिक घरवास (Home Stay ) क्षेत्र बनाउने योजना रहेको बताउदै मन्त्रि भट्टराईले स्थानीय पर्व र जात्राहरुको प्रवर्धनका लागि कोष स्थापना गर्ने जानकारी दिएको नेकपा महानगर कमिटिका अध्यक्ष निर्मल देउलाले बताएका छन।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य डा.राजन भट्टराईले पशुपति क्षेत्र विस्वका हिन्दुहरूको आस्थाको केन्द्र रहेकोले यसको प्रवर्धनमा सबैको पहल आवस्यक रहेको बताउदै स्थानीयहरुको माग संवोधन गरिने धारणा राखेका थिए।

त्यस्तै काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले मौलिक परम्परागत भवन निर्माणलाई प्रोत्साहन गर्नका लागि बजेट व्यवस्था गरेको जानकारी दिदै सो क्षेत्रलाई प्राथमिकतामा राख्ने बताएका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१