कोरोनाबाट पाटन अस्पतालमा तीन जनाको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ भाद्र २०७७, आईतवार १२:०६

ललितपुरको पाटन अस्पतालमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर, रुपन्देही र महोत्तरीका रहेका छन् ।अस्पतालका निर्देशक डा रवि शाक्यका अनुसार ललितपुरको पाटनका २९ वर्षीय पुरुषको मृत्यु भएको छ भने रुपन्देहीको भैरहवाका ५७ वर्षीय पुरुष र जलेश्वरकी ६२ वर्षीया महिलाको मृत्यु भएको हो ।

पाटनका युवकको गएराति १० बजे मृत्यु भएको थियो भने जलेश्वरकी महिलाको शनिबार दिउँसो २ बजे मृत्यु भएको थियो। यस्तै भैरहवाका पुरुषको पनि शनिबार साँझ ७ बजे मृत्यु भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१