दीर्घराज प्रसाई
ब्रम्हपुत्रदेखि हिन्दुकुशसम्मको यो हिमवतखण्ड हिन्दुहरुको कर्मभूमि हो । विशाल नेपालको एकीकरणभन्दा अगाडि यो क्षेत्रका पूर्व र पश्चिमका साना राज्यहरु– सेनबंशी, मिथिला, बाइसी, चौबिसी, लगायत विराटप्रदेश तथा लुम्वनीक्षेत्रका साना राज्यहरु हिन्दु र वौद्ध धर्मका अनुयाई भएकाले नेपालको एकीकरणमा पृथ्वीनारायण शाहलाई धेरै सहयोग पुग्न गएको थियो । हिन्दु र बौद्धको यो पबित्र क्षेत्रलाई एकीकरण गर्नमा पृथ्वीनारायण शाहले आफूलाई अत्यन्त गौरव ठान्थे । पृथ्वीनारायण शाहबाट नेपालको एकीकरणपछि सबै राज्यका जातजातिहरुको रीतिथिति,संस्कृति, धर्म, भाषा र भेषभूषालाई नेपालकै साझा सम्पत्तिको रुपमा ग्रहण गरिएको थियो । मुसलमान र अंग्रेजी साम्राज्यले भारतबर्षलाई एकीकरण गर्नु भन्दा अगाडि भारतबर्षमा २५।३० राज्यहरु थिए । तिनीहरुलाई हिन्दुस्थान भनिदैनथ्यो । गंगादेखि हिन्दमहासागरसम्मको भूभागलाई भारतबर्ष भनिन्थ्यो र भनिन्छ । भारतमा मुसलमान र अंग्रेजी सम्राजकोबेला भारतबर्षमा २२।२५ हिन्दु राज्यहरु थिए । हिन्दुहरुको बसोबास भएकाले धेरै समयपछि अंग्रेजले भारतबर्षलाई हिन्दुस्थान भन्न थालेपछि एकीकृत भारतबर्षलाई हिन्दुस्तान भन्न र लेख्न थालिएको हो । तर त्योबेलाभन्दा धेरै अगाडि विक्रम संवत् १८०० तिर पृथ्वीनारायण शाहले– ‘नेपाल असल हिन्दुस्थाना हो’ भनेका थिए । हिमवतखण्ड नेपाल हिन्दु तथा बौद्धको आधिकाधिक थलो हो । ५४ स–साना हिन्दुराज्यहरुलाई त्योबेला एकीकृत हुन नसकेको भए भारतबर्षम ाझै यो हिन्दुथलो पनि मेच्छेहरुबाट बिटुलो भइसक्थ्यो । त्यसैले यो हिन्दुस्थललाई एकीकरणको अभियान थालनी गरेर राष्ट्रनिर्माता पृथ्वीनारायण शाहबाट जुन योगदान भयो त्यो नैं विश्वका हिन्दु तथा बौद्धहरुको लागि गौरवको कुरा हो । नेपालको राष्ट्रिय एकता र विश्वमा एक मात्र हिन्दुअधिराज्यको पहिचान कायम भएर नेपालले जुन प्रतिष्ठा थियो त्यो २०६३ सालपछि धर्मनिरपेक्ष कायम गर्न खोजेपछि सिद्धिएको छ । अवको नेपालमा नेपाललाई हिन्दु तथा बौद्धअधिराज्य घोषणा गरेर यो हिन्दु तथा बौद्धको अधिकारिक थलोलाई युगयुगान्तरसम्म जीवित राख्नसक्नु पर्छ ।
नेपालको एकीकरणकोबेलादेखि नैं सम्पूर्ण एकीकृत जनताका साझा संरक्षकको रुपमा राजालाई मान्ने परम्परा कायम भएको हो । त्यसैले नेपालको राजसंस्था नेपालको सार्वभौमसत्ता, एकता र समन्यको आधारबन्दै आएको छ । इतिहासको फेरबदलमा विदेशीहरुको षडयन्त्रका कारणले नेपालको राजसंस्थाले धेरै आरोह प्रवाह भोगिसकेको छ । तथापि नेपालमा राजसंस्थालाई नेपालको राष्ट्रियताको बलियो जग मानिएकाले राजा र जनताको संवन्धलाई टुटाएर नेपालको अस्तित्व कायम रहन सक्तैन भन्ने इतिहासले प्रमाणित गरिसकेको छ । नेपाली जनता दिगो शान्ति र राजा, राजनीतिक दलको समष्टिगत एकतामा राष्ट्र सुरक्षित भएर हिडेको हेर्न चहान्छन् । नेपालको राष्ट्रिय राजनीतिको २००७ सालदेखि नेपाली कांग्रेसका बीपी कोइराला केन्द्रबिन्दुमा रहेका छन् । २००७ सालदेखि २०१७ सालसम्म बीपी कोइराला एक अगुवा नेता थिए । २०१७ साल पौष १ गते राजा महेन्द्रले संविधानको धारा ५५ प्रयोग गरेर शासनसत्ता हातमा लिएर राजनीतिक दलहरुलाई प्रतिबन्द लगाएपछि पनि बीपीको चर्चा भइरह्यो । उनी अडिक रहिरहे प्रजातन्त्रको लागि । तर राजा महेन्द्रले संसद भङ्ग गरेर पञ्चायती व्यवस्था लागु गरेर नेपाललाई बिगार्ने काम गरेनन् । राष्ट्रिय अन्तराष्ट्रिय रुपमा ठूलठूला उपलब्धिहरु पनि नभएका होइनन् । तर त्योबेला प्रजातन्त्रको कुरा मात्र थिएन । राष्ट्रियता माथि पनि भित्रभित्रै खतरा आउन लागेको अवस्था थियो । यद्यपि निर्वाचित संसद भङ्ग गर्नु राम्रो होइन । तर यी दुई ठूला हस्तीहरुको जँुगाको झगडा पनि थियो नेपालभित्र अस्तव्यस्तताका घटनाहरु ।
प्रजातान्त्रिक योद्धा बीपी कोइराला, गणेशमानहरुले राजा महेन्द्रलाई निरकुश राजाको रुपमा जींदगीभर बिरोध गरिहेता पनि उनीहरु राजसंस्थाका बिरोधी थिएनन् । २०२५ सालदेखि भारतमा निर्वासीत जीवन बिताइरहेका बीपी, गणेशमानहरु २०३३ सालमा पौष १६ गते नेपालमा राष्ट्रिय सहमतिको विचार बोकेर फर्केपछि उक्त दिन एक अपीलमा आफ्नो विचार राखेका थिए–‘हिजोसम्म हाम्रो संघर्ष जनताको प्रजातान्त्रिक अधिकारको लागि मात्र थियो । दोस्रो जिम्मेवारी हो– देशको अस्तित्वको रक्षा गर्ने राष्ट्रियता र प्रजातन्त्र । राष्ट्र बचाउने जिम्मेवारी सबैको हो । राष्ट्रको रक्षा, देशको उननति, जनताको सख र समृद्धिको पुनित कार्यमा महाराजधिराज समक्ष पनि आफूलाइृ लागेका कुरा राख्नेछु ।’ नेपालको राजसंस्था बारेमा वि.पी कोइरालाको अडान थियो– ‘नेपालमा राजतन्त्र रहेन भने नेपाल भन्ने राज्य पनि रहदैन । नेपालको अस्तित्व त राजाको अहं स्वार्थको कुरा हो । त्यसैले राजाहरुले देश बचाएका छन् । म चहान्छु राजाको राष्ट्रवादी स्वार्थ र जनताको प्रजातान्त्रिक स्वार्थको मेलहोस् ।’ त्यसैले नेपालको राजसंस्था नेपालको राष्ट्रियताको एक स्थापित आधार स्तम्भ मानिएकाले गणतान्त्रिक व्यवस्थाबाट नेपाल सुरक्षित हुन सक्दैन भन्ने कुरा हामीहरु मध्ये कतिपय गणतन्त्रवादी भएता पनि देशको आवश्यताको लागि संवैधानिक राजसंस्थालाई युगयुगान्तरसम्म अनिर्वाचित राष्ट्रप्रमुखको सम्मान गरिनुपर्छ ।
नेपालको राष्ट्रियताको मेओको रुपमा राजसंस्थालाई मानिन्छ भने राष्ट्रभाषा पनि राष्ट्रिय एकताको महत्वपूर्ण आधार हो । नेपाली भाषा नेपालका अनेकौं जातीय भाषाहरुको बीचमा प्रचलित भइसकेकाले नेपाली भाषालाई एकीकृत नेपालीहरुको साझा भाषाको रुपमा उसबेलादेखि स्वतः रुपान्तरित हुन गएको हो । भारतको गोर्खाल्याण्ड क्षेत्र, सिक्किम, मेघालय, आछाम, मणिपुर, भारतको उत्तराञ्चलमा जुनसुकै जातको नेपाली होस् ठूलो सम्मान गर्छन् । भूटानमा नेपालीभाषा व्यापकरुपमा मान्यता भइआएको नैं हो । विश्वका जुनसुकै कुनामा रहेका नेपालीभाषीहरु नेपाली भाषालाई आफ्नो पहिचान ठान्दछन् । नेपालको एकीकरण हुनभन्दा धेरैबर्ष अगाडिदेखि नेपाली भाषा पूर्वमा ब्रम्हपुत्र, पश्चिममा गंङ्गोत्रीको आसपाससम्म चलनचल्तीमा आइसकेको थियो । नेपाली भाषा कुनै विजेता शासकहरु पृथ्वीनारायण शाह वा राजा महेन्द्रबाट जवरजस्ती लाधेको भाषा होइन । नेपालको एकीकरण भएदेखि नैं सबै भाषाभाषीहरुका बीच सम्पर्क कायम गर्न नेपाली भाषा सजिलो र लोकप्रिय भएको नाताले नैं नेपालको राष्ट्रभाषा हुनगएको हो । अनेकौं जातीय भाषाहरुको बीचमा नेपाली भाषा व्यापक भइसकेकाले सबै नेपालीहरुको साझा सरकारी भाषाकोरुपमा रुपान्तर हुनगई नेपालको राष्ट्रिय एकतामा थप बल पुग्न गयो । वि.सं.१३८२सम्ममा किरातक्षेत्रमा पनि नेपाली भाषाको चल्ती थियो भन्ने संकेत सिमरौनगढका राजा हरिसिंह देवका पण्डितज्योतिरीश्वरको मैथिति कृति ‘वर्णरत्नाकर’ बाट जाहेर हुन्छ भन्दै भाषाविद् बालकृष्ण पोखरेलले लेखेका छन् । त्यस्तै भानुभक्त पोखरेल लेख्छन्–‘नेपाल एकीकरण हुनुभन्दा पाँच–सातसय बर्षअघिदेखिनै यसभूभागका राजारजौटाहरुकाले परम्परा पत्राचार,संधि संझौता गर्ने तत्कालीन अन्तर्राज्यीय भाषा नेपालीनै थियो । नेपाल एकीकरण अभियानमा पृथ्वीनारायण शाहले बाइसी, चौबिसे,लिम्बुवान,खम्बुहाङ,आदिका अपुङ्गी टुक्रे राजाहरुसित व्यवहार गर्ने भाषा पनि नेपाली नै थियो ।’ यसरी नेपाली भाषाले अन्तरजातीय सम्पर्क भाषाको स्थान प्राप्त गरेको हो ।
त्यस्तै राष्ट्रियताको सवालमा नेपालको राष्ट्रिय पोसाकको ठूलो महत्व छ । भेष–भूषालाई राष्ट्रको सांस्कृतिक अंङ्गको रुपमा लिइन्छ । नेपाली संस्कृति र भेषभूषाको विकास विक्रम संवत् भन्दा एकहजार वर्षपूर्व हाम्रा भेषहरुको विकास भइआएको पाइन्छ । लोग्ने मान्छेले लगाउने भोटो, दौरा, सुरुवाल टापी र स्वस्नीमान्छेले लगाउने ठूलो सारी, चोलोनेपालीहरुको पहिचान बनेको छ । स्वास्नी मान्छेहरुले प्रयोग गर्ने सारी चोलो शरीरको आकृति अनुसार सलक्क पारेर ललाउने आ–आफ्नै तरिका छ । नेपाली पोसाकको विषयमा अमरकोषमा पनि वर्णन गरिएको छ । नेपाली भेषहरु सांस्कृति आधारमा बनेकाले हर–नेपालीले हाम्रो पहिचानलाई स्वदेश विदेशमा ब्यापक बनाउन गौरव ठान्छौं । टोपीको माथिल्लो भाग सगरमाथा स्वरुपको हिमालयको प्रतीक भाद्गाँउले टोपी र विभिन्न बुटाका आकर्षक टोपीहरुको महत्व विश्वभरमा चिनिएको छ । तर दुःखको कुरा हिजोआज राष्ट्रिय पहिरनको रुप संचार माध्यम, संसदभित्र, मंत्रालयहरु र विद्यालयहरुका विद्यार्थीहरुको पहिरन हेर्यो भने हामी अमेरिकी हौ कि युरोपका हौं जस्तो देखिन्छ । संसदहरु संसदमा पेन्ट, सर्ट, टाई लगाएर ठाँटसित बसेको देखिन्छ । संचार माध्यमहरुमा समाचार पाठ गर्नेहरु पेन्ट सर्ट, टाई र विदेशी समाचार बाचकहरुका जस्ता पहिरनमा सजिएका देखिन्छन् । यस्तो लाग्छ हामी कुन देशको समाचार सनिरहेका छौं । समाचार बाचकहरु नेपाली भाषामा बोल्छन् तर सम्पूर्ण पहिरन विदेशी लगाएको देख्दा आत्म ग्लानी हुन्छ ।
नेपाल अधिराज्यका माध्यमिक विद्यालयका विदार्थीहरुलाई नेपाली राष्ट्रियताका आधारहरु, पहिरन, भाषा, धर्म र संस्कृतिको वोध गराउनु पर्नेमा सानै उमेरदेखि उनीहरुलाई टाई लगाउनुपर्ने अनिवार्य गरेपछि उनीहरुले आफ्रनो राष्ट्रियतालाई कसरी बुझ्लान् ? त्यसैले संसद, मंत्रिपरिषद, मंत्रालय र सार्वजनिक संस्थाहरुमा विदेशी पहिरन र टाई लगाउन प्रतिवन्ध लगाउनु पर्छ । आफ्नो नीजी जीवनमा जस्ले जे पहिरन लगाएका कसैले औला ढडाउने कुरा आउँदैन । विद्यालयहरुका शिक्षकहरु तथा विद्यार्थीहरुले विद्यालयभित्र टाई लगाउन प्रतिवन्ध लगाउनु पर्छ । यदि यसोगर्न सकिएन भने यसले नेपाली राष्ट्रियता ध्वस्त पार्छ । स्वदेशी विदेशी औपचारिक कार्यक्रमहरुमा राष्ट्रिय पोसाकलाई अनिवार्य गराउनु पर्छ । नेपालको सरकारी तथा नीजि टेलिभीजनका समाचार वाचक र अन्तरवार्ताको समयमा टीभीका संचालकहरुले अनिवार्यरुपमा राष्ट्रिय सोसाक– दौरा सुरुवाद, कोट टोपी तथा सारी चालो पहिरिएर नेपालको परिचय दिलाउन चौतर्फी सहयोग पु¥याउनसक्नु पर्छ । अतः सरकारी कार्यालयहरुमा राष्ट्रिय पोसाक र नेपाली टोपीलाई नेपालीको इज्जत र पहिचानको लागि अनिवार्य गराउनु पर्छ ।
नेपालमा गणतन्त्र, धर्मनिरपेक्ष र संघीयता नेपाललाई समाप्त गर्ने बुँदा हुन् । नेपाल जस्तो सानो राष्ट्रमा संघीयताले यो देशको कुनै हातलमा हित हुँदैन । यसले देश टुक्रयाउँछ । नेपालमा अनादिवासी, आदिवासी र आप्रवासी तीन प्रकारका बासिन्दाहरु बसोबासगर्दै आएका छौं । ब्रामण, क्षेत्री र केही नेवारहरु अनादिकालदेखिका अनादिवासीहरु हुन् । मगर, गुरुङ, तामाङ, थकाली, राई, लिम्बु, शेर्पा, राजबंशी, थारु, धिमाल, अवधी आदि आतजाति जनजातीहरु ऋादिकालदेखिका आदिवासीहरु हुन् । आप्रवासी भनेका बंगाली, माडवारी, मधेसी र मुसलमानहरु ह्ुन् । आप्रवासीहरुमा मुसलमानहरु मललकालदेखि नेपालमा बस्दै आएका छन् । मुसलमान, माडवारी र बंगालीहरु मूख्य ब्यापारमा केन्द्रीत भएर नेपाल पसेका हुन् । नेपालमा सानोतिनो खुद्रै ब्यापार तथा कामको खोजीमा आएका भारतीयहरुले हुन् । उदाहरणको लागि राजेन्द्र महत्तो, ह्रदयस त्रिपाठी, महन्त ठाकुरहरु हिजो अस्ति नेपाली नागरिकता प्राप्त गरेका भारतीय हुन् । राजेन्द्र महत्तो लोडर थिए, ह्रदयस त्रिपाठीका बाबु नवरपरासीमा खच्चर ब्यापार गर्दागर्दै टोरा नेपाली नागरिक प्राप्त गरे । महन्त ठाकुरको घर त अझै जनकपुर दक्षिण जमूनापारी भारतमा छ । तर उनीहरु अधिकारको नाममा एक मधेस एक प्रदेशको नारा लिएर नेपाल टुक्रयाउन चहान्छन् । तर अहिले भारतमा कांग्रेस (आई) र ‘रअ’ को सत्ता समाप्त भएपछि उनीहरुको चुरिफुरी समाप्त भएको छ । त्यसैले यस्ता खराव तत्वहरुबाट बच्नको लागि संघीयता जस्ता खेलमा हामी नेपालीहरु कहिले लाग्नु हुन्न ।
हामी नेपाली को हौं, हाम्रो उठान कहाँबाट भएको हो त्यसको लेखाजोखा नगरी हामी अनादिवासी तथा आदिवासी जनजातिहरुले विदेशीहरुको हावामा लागेर नपालको राष्ट्रिय एकता एकतामा भाँजो हाल्ने काम गर्नु राम्रो होइन । तर दुःखको कुरा २०६३ सालपछि नेपालमा देशद्रोहीहरुको सत्ता छ । देशद्रोहीहरु नेपालको पहिचान, विश्वको एक मात्र हिन्दु अधिराज्यको अस्तित्व मेटेर क्रिस्चियनकरण गर्ने,राष्ट्रिय पोसाक हटाउने, विक्रम संवत् हटाएर इस्वी संवत् (त्रिस्चियन संवत्) लागु गर्ने, राष्ट्रपिता राजा त्रिभूवन जस्ता प्रजातन्त्रका सपूतको शालिक हटाउने, गाईलाई राष्ट्रिय जानावरबाट हटाएर गौहत्या गराएर यहाँका हिन्दु र बौद्धहरुको आस्था माथि आक्रमक बनेर जातीय आधारको संघीयता लागु गरेर नेपालको विखण्डन गराउनमा तम्सेका छन् । पृथ्वीनारायण शाहको शालिक भत्काउने, राष्ट्रिय एकता दिवस हटाउने आदि–इत्यादि हुने नहुने तथानामगर्दै विदेशी गुप्तचरहरुको सेवा गरिरहेका छन् । पृथ्वीनारायण शाहले सूर्य र चन्द्रमाको झण्डा फहराएर टुक्रा टुक्रामा विभाजित हिमवत्खण्ड नेपालको एकीकरण गरेर यसक्षेत्रको मौलिकतालाई जोगाउने काम गरेका हुन् । सम्राज्यवादी शक्तिसँग भिडेर पृथ्वीनारायण शाहको नेतृत्वमा चन्द्र–सूर्य अंकित झण्डा फहराएर हिमवत्खण्डको मौलिकतालाई जीवन्त राखिएको हो । इतिहासमामा अंकित भएका पृथ्वीनारायण शाहको दिव्य उपदेशलाई देशलाई निकास दिन अव पनि सबै पक्षको मिलनविन्दु बनाएर नेपाल डुबाउन खोज्ने देशद्रेहीहरुको बिरुद्ध एक जुट भएर देश बचाऔं ।
Email: [email protected]
प्रतिक्रिया