दुई महिलालाई बलात्कार गरेको आरोपमा मौलाना पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ भाद्र २०७७, आईतवार ०६:०३

नेपालगञ्ज । बाँकेमा झारफुकको बहानामा दुई महिलालाई बलात्कार गरेको आरोपमा मौलाना पक्राउ परेका छन् । कम्मरसाह बाबाकुटीका मौला ४० वर्षीय नजिर मोहम्मदलाई प्रहरीले पक्रेको हो ।

डडुवाको बाबाकुटीबाट बलात्कारको आरोप लागेका ती नजिर मोहम्मदलाई इप्रका बनकट्टीको टोलीले पक्राउ गरेको थियो । उनलाई बिहीबार राति नै पक्राउ गरिएको र अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

ती आरोपीले ३० वर्षीया र २८ वर्षीया महिलालाई झारफुक गर्ने बाहानामा बोलाएर जबरजस्ती करणी गरेका पीडित महिलाले बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१