ओझेलमा बेहुली ढुंगा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ भाद्र २०७७, शनिबार १४:५९

पाँचथर सदरमुककामबाट करिब १२ कोस टाढा पर्ने साविक रवी गाविस हाल मिक्लाजुङ–४ मा बेहुलीजस्तै रहेको ढुंगा जसलाई स्थानीय बेहुली ढुंगा भन्ने गर्छन् । स्थानीयस्तरमा यसको जति चर्चा हुन्छ बाहिर त्यति प्रचार हुन सकेको छैन । यसको प्रचार प्रसार र प्रवद्र्धन गर्न नसक्दा पर्यटीकयस्थलको प्रचुर सम्भावना रहेको बेहुली ढुंगा गुमनाम हुँदै गएको छ ।
सदरमुककामबाट नजिक र हिउँदको समयमा यातायातकोस सुविधा रहेको यस बेहुली ढुंगा पर्यटकका लागि एउटा राम्रो गन्तबय रहेको ठाँउ हो । हिउदको समयमा सदमुकामबाट ३ घण्टाको समयमा साना तथा ठुला सबारी साधनबाट यात्रा गर्न सकिन्छ । भने मेटरसाइकलबाट पनि आरामले यात्रा गर्न सकिन्छ । बर्खा समयमा कच्चि सडक भएकाले यात्रा गर्न कठिन हुने गरेको छ । बेहुलीढुङगा नजिकै रहेको जरिबुटे डाँडा बाट सुर्यदयको मनोरम दृश्य पनि लिन सकिन्छ । प्रचार प्रसारमा कुनै पक्षको ध्यान नजादा यि स्थानहरु गुमनाम रहेका छन ।
बेहुलीढुङगा नाम जति रहस्यमय छ यसकि किवदन्ती पनि उति नै रोचक रहेको छ । स्थानियहरुको अनुसार उहिले पाँचथर जिल्लामा जन्ति जाने जन्तहरुले बेहुलीको घरबाट बेहुलीलाइ डोलीमा बोकाइ बेहुलाको घर तर्फ गइ रहदा जन्तिहरु रबि बजारको उत्तर दिशा तर्पmको डाँडामा आइपुग्दा थकाइ र भोक लाग्यो रे । उनिहरुले त्यही डाँडामा डोली बिसाएर खानपान गरे । केहि समय आराम गरेर जब डोली उठाए बेहुली डोलीबाट हराइ सकेकि थिइन । यसरी एकाएक बेहुली हराए पछि सबै अच्चम परेको र जति खोजे पनि बेहुली नभेटिएको पछि हेर्दा बेहुली जस्तै जस्तै ढुङगा देखियो । जसलाइ आज सम्म हराएकि बेहुलिको स्वरुप मान्ने गरीन्छ ।
बेहुलीढुङगा साचिनै एक बेहुलीको स्वरुपमा रहेको छ । बेहुलीढुङगाबाट केही दुरीमा जरिबुटे डाँडा रहेको छ । जसबाट हिउदको समयमा सुर्यदयको मनोरमा दृश्य अबलोकन गर्न सकिने स्थानियहरु बताउछन ।
बेहुलीढुङगा एक धार्मीक आस्थाको केन्द पनि हो । यहाँ प्रत्येक बर्ष किरात धर्मबलम्वीहरुले पुजाआजा गर्ने गरेका छन ।
स्थानिह शिब मुखियाका अनुसार बिभिन्न समयम बिभिन्न संस्थाहरुले अध्यन र अबलोकन गरे पनि बेहुलीढुङगाको प्रचार हुन नसकेको गुनासो गरे ।
बेहुलीढुङगामा सम्बन्धीत सरोकारहरुको आँखा जान सकेको छौन भने स्थानीय सञ्चार माध्यमहरुले पनि ध्यान नदिदा बेहुली ढुङगा दिनदिनै गुमनाम हुने खतरा बढेर गएको छ ।
–दिपक बोहोरा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१