जापानका प्रधानमन्त्रीले पदबाट राजीनामा दिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ भाद्र २०७७, शनिबार ०५:३६

एजेन्सी । कार्यकाल सकिन एक वर्ष अगावै जापानका प्रधानमन्त्री सिन्जो आबेले पदबाट राजीनामा दिने भएका छन् । बिरामी भएका कारण उनले राजीनामा दिन थालेका एनएचकेले जनाएको छ ।

६५ वर्षीय प्रधानमन्त्री आबेले आज बेलुकी राजीनामा दिनेछन् । उनले आफ्नो स्वास्थ्यका कारणले सरकारको काममा असर नपरोस् भनेर राजीनामा दिन लागेका बताएका छन् ।

आबेलाई अल्सरेटिभ कोइलेइटिस रोग लागेको छ । अहिले स्वास्थ्यमा ठूलो समस्या नभए पनि पछिल्लो समय सार्वजनिक कार्यक्रममा जान छाडेका थिए । आबे जापानमा लामो समय शासन गर्ने प्रधानमन्त्री हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१