सबै स्थानीय तहमा अस्पताल सेवा विस्तार हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ भाद्र २०७७, शनिबार ०५:३२

काठमाडौं । स्वास्थ्य सेवामा आम जनताको पहुँच उपलब्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्थानीय तहमा अस्पताल सेवा प्रारम्भ गर्ने भएको छ । मुलुक विश्वव्यापी कोभिड-१९ को महामारीमा परिरहेका बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले शुक्रबार सो निर्णय गरेका हुन् ।

यो निर्णयसँगै अस्पताल नभएका ६ सय ४९ तहमा पाँच बेडको अस्पतालको सेवा तत्कालै सुरु हुनेछ । सोका लागि आवश्यक औजार र उपकरण खरिदका लागि आजै रु ६४ करोड निकासा भएको छ । यी अस्पतालमा तत्कालै कम्तीमा एक जना एमबिबिएस गरेका चिकित्सक, दुई जना नर्स र अन्य स्वास्थ्यकर्मी हुनेछन् ।

यसको व्यवस्थापन स्थानीय तहले गर्नेछन् भने अस्पताल कहाँ सञ्चालन गर्ने भन्ने निर्णय गर्ने अधिकार सम्बन्धित स्थानीय तहलाइ नै दिइएको छ । यसरी सबै स्थानीय तहमा अस्पताल सेवा विस्तारका लागि संघीय सरकारको यो पहिलो निर्णय हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर १२, २०८१