पछिल्लो २४ घन्टामा कोरोनाबाट १२ जनाको मृत्यु : मृतकको संख्या १९५ पुग्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ भाद्र २०७७, शुक्रबार १९:०६

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय ९५ पुगेको छ । पछिल्लो २४ घन्टामा १२ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार चारजना महिलामध्ये मोरङका ५६ र ६५ वर्षीया, भक्तपुरकी ६४ वर्षीया र मकवानपुरकी ७१ वर्षीया महिलाको ज्यान गएको छ । त्यस्तै पुरुषहरुमा उदयपुरका ५२ वर्षीय, पर्साका ७२ वर्षीय, धनुषाका ४५ वर्षीय, सिरहाका ५५वर्षीय, झापाका ८३ वर्षीय, चितवनका ५१ वर्षीय, कास्कीका ५२ वर्षीय र रुपन्देहीका ६० वर्षीय पुरुषको ज्यान गएको छ ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या पनि ३६ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा देशका विभिन्न ठाउँमा ९ सय २७ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएका ९ सय २७ जनासहित देशभर संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये २० हजार २ सय ४२ जना उपचारपछि घर फर्किएका छन् भने १९५ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१