महाराजगञ्ज वृत्तमा कार्यरत २२ जना प्रहरीमा कोरोना संक्रमण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ भाद्र २०७७, बिहीबार १२:०७

काठमाडौं । महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत २२ प्रहरीमा कोरोना संक्रमण भएको छ । हत्या आरोपमा पक्राउ परेका एक थुनुवा र प्रहरी निरीक्षकसहित ९ जनामा देखिएको कोरोना फैलिएर २२ जनामा संक्रमण भएको छ।

कन्ट्याक्ट ट्रेसिङका आधारमा पिसिआर जाँच गर्दा थप १३ जना प्रहरीमा संक्रमण देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

यसअघि ‘मनमैजु हत्याकाण्ड’का आरोपी आङदोर्जे शेर्पालाई संक्रमण भएको थियो । उनको रिपोर्ट पोजेटिभ आएपछि गरिएको परीक्षणमा २२ जना प्रहरीमा कोरोना संक्रमण भएको पाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१