कोरोना भाइरसको संक्रमणबाट गर्भवती महिलासहित थप ३ जनाको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ भाद्र २०७७, बिहीबार १२:०५

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट थप ३ जनाको ज्यान गएको छ । पोखरामा ३२ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पोखरा ११ की ती महिलामा भदौ ७ गते कोरोना पुष्टि भएको थियो ।

ती महिलाका बिहान ८ बजे मृत्इु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा।अर्जुन आचार्यले जानकारी दिएका छन् । तनहुँको बन्दीपुर घरभइ पोखरा बस्ने ती महिलामा संक्रमणको स्रोत खुलेको छैन ।

त्यस्तै पर्साको वीरगञ्जमा थप दुईजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पर्साको धोविनीका ७२ वर्षीय पुरुष र बाराको सुवर्णकी २३ वर्षीया महिलाको वीरगञ्जमा मृत्यु भएको छ ।

नारायणी अस्पतालका सूचना अधिकारी डा।अतुलेश चौरसियाले ७२ वर्षीय पुरुषको हिजो बेलुकी र २३ वर्षीया महिलाको बिहान ६ बजे मृत्यु भएको जानकारी दिए । मृतक महिलाको पेटमा ३३ हप्ताको बच्चा रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१