बुढानिलकण्ठ नगरपालिकाले संक्रमितलाई ४ र प्रहरीलाई १ हजार भत्ता दिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ भाद्र २०७७, बिहीबार ०६:०१

काठमाण्डौ। बुढानिलकण्ठ नगरपालिकाले होम आइसोलेसनमा रहने संक्रमितलाई पोषण सुरक्षा वापत जनही ४ हजार उपलब्ध गराउने भएको छ । नगरको ५५ औं कार्यपालिका बैठकले कोभिड १९ को सुरक्षामा खट्ने प्रहरीलाई जनही १ हजारका दरले भत्ता उपलब्ध गराउने निर्णय समेत गरेको छ।

नगरपालिकाले एक भन्दा बढी संक्रमित रहेको परिवारलाई पोषण सुरक्षा वापत एकमुष्ट ६ हजार, संक्रमीतको सहयोगीलाई प्रोत्साहन स्वरुप प्रति परिवार २ हजार दिने निर्णय गरेको प्रवक्ता भट्टराईले जानकारी दिए ।

कोभिड १९ को कारणले गर्नुपरेको वन्दावन्दी तथा निशेधाज्ञाको समयमा सुरक्षाकर्मीको भुमिकालाई मध्यनजर गरी बुढानिलकण्ठ नगरपालिका क्षेत्र भित्र खटिने प्रहरीहरुलाई प्रति व्यक्ति एक हजार प्रोत्साहन भत्ता उपलब्ध गराउने समेत निर्णय गरेको छ ।

स्वास्थ्य सुरक्षामा खटिनुहुने पहिलो घेराका स्वास्थ्य कर्मिलाई ७५ प्रतिशत तथा निशेधाज्ञाको समयमा कार्यालय आवश्यक्ता अनुसार खटिनुहुने अन्य कर्मचारीलाई ५० प्रतिशत प्रोत्साहन भत्ता दिने समेत निर्णय गरेको छ । हालसम्म बुढानिलकण्ठ नगरपालिका भित्र एक हजार ९ जनाको पिसिआर टेस्ट गरिएको छ भने संक्रमितको १ सय ३० पुगेको छ । २८ जना कोभिड १९ बाट निको भई घर फर्किसकेका छन् । हाल १०२ जना कोरोना संक्रमीत अस्पताल तथा घरमा आइसोलेसनमा बसिरहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१