उपत्यकाका ४० कोरोना संक्रमित सम्पर्कविहीन : काठमाडौंका कुन-कुन ठाउँ धेरै प्रभावित ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ भाद्र २०७७, बिहीबार ०५:४५

काठमाडौं । काठमाडौं उपत्यकामा काेराेना संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा दुईजनाको ज्यान गयो भने ३ सय १ जना नयाँ संक्रमित फेला परेका छन् ।

काठमाडौं उपत्यकामा संक्रमितको संख्या ३ हजार ७ सय १८ पुगेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौंमा ३ हजार १ सय ८५, ललितपुरमा ५ सय १० र भक्तपुरमा ३ सय २४ संक्रमित रहेका छन्।

काठमाडौं र ललितपुर महानगर कोरोनाबाट नराम्रोसँग प्रभावित भएका छन् । काठमाडौं महानगरमा मात्रै १ हजार ८ सय ४० जनामा कोरोना संक्रमण भएको छ ।

महानगरका कोटेश्वरमा १ सय ३२ जना र महाराजगञ्ज क्षेत्रमा १ सय ३१ जनामा कोरोना संक्रमण देखिएको छ । कुलेश्वर, बानेश्वरलगायत महानगरका अन्य ठाउँहरु पनि धेरै प्रभावित भएका छन् । ललितपुर महानगरभित्रै झण्डै ३ सय जनामा कोरोना संक्रमण भएको छ ।

४० जना सम्पर्कविहीन

उपत्यकाका संक्रमितमध्ये ४० जना अहिले सम्पर्कमा छैनन् । काठमाडौं महानगरभित्र २७ जना सम्पर्कविहीन भएका छन् । कोरोना पोजेटिभ रिपोर्ट आए पनि ती व्यक्ति सम्पर्कमा छैनन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गलत विवरणका कारण व्यक्ति फेला पार्न नसकिएको जनाएको छ । सम्पर्कविहीन हुनेहरुमध्ये धेरै कबाडीको काम गर्ने श्रमिक रहेका छन् । मन्त्रालयले काठमाडौं उपत्यकामा अहिले ४० जना संक्रमित फेला पर्न सकेका छैनन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१