शुद्ध तोरीको तेलका यस्ता छन् फाइदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ भाद्र २०७७, बिहीबार ०५:४३

शुद्ध तोरीको तेल नेपाली समाजको वर्षौंदेखि चलिआएको भान्साको प्रिय तेल हो । अन्य जुनसुकै तेल हाले पनि नेपालीलाई तोरीको तेलको स्वाद जस्तो कुनै पनि खानेकुरा स्वादिलो मानिदैन ।

तोरीको तेलको उपयोग धेरै प्रयोजनका लागि हुन्छ । तोरीको तेलले राति सुत्नु अधि शरीरमा मालिस गरेर सुत्दा छालाको रोगसँग लड्ने क्षमता बढ्छ । खासगरी वर्षायाममा नङ र औंलाहरुका बीचमा हिलो वा पानीका कारण हुने इन्फेक्सनबाट बचाउन तोरीको तेल धेरै नै प्रभावकारी हुन्छ । राति सुत्नु अधि नाकमा लगाउँदा रुधाखोकी, घाँटीमा हुने पीडा, नाकबाट पानी बग्ने लगायतका समस्याबाट राहत मिल्छ ।

कोरोना भाइसरको संक्रमणको समय भएकाले तोरीको तेल नाकमा लगाउँदा यसमा रहेको प्राकृतिक चिल्लोपना र गर्मी गराउने गुणका कारणले भाइरसले तुरुन्तै आक्रमण गर्न सक्दैन ।

शुद्ध तोरीको तेलमा एन्टिफङ्गल, एन्टिबेक्टेरियल र एन्टिवाइरल गुण पाइन्छ । यी सबै तत्व हाम्रो शरीरमा हुने भाइरस, ब्याक्टेरिया र फङ्गसबाट हुने हानीबाट तोरीको तेलले जोगाउँछ ।

नियमित रुपमा तोरीको तेलले मालिस गर्दा शरीरमा निस्किने दाद र शरीर सुख्खा हुने समस्याबाट उन्मक्ति दिन्छ ।

आयुर्वेदका विज्ञहरुले तोरीको तेलको प्रयोग गर्न सल्लाह दिन्छन् । दैनिक ज्वानो र लशुनलाई तोरीको तेलमा फुराएर छानेर दैनिक प्रयोग गर्दा फाइदा मिल्ने बताएका छन् ।

उनीहरु तोरीको तेलमा पीपलको पात पकाएर, छानेर दैनिक नाक ओठ र नाभीमा लगाउने सल्लाह दिन्छन् । विदेशीबाट आयात गरिने तेलमा अनेक केमिकल हुने हुँदा ती तेल बेच्न नेपाली परम्परागत तेलहरु विस्थापित भएको तर्क विज्ञहरुले गर्ने गरेका छन् ।

उनीहरुको तेल लगायतका उत्पादन नेपाली बजारमा बेच्न नेपाली स्वदेशी उत्पादनमा अनेक समस्याहरु देखाउने गरेका छन् । स्वदेशी उत्पादनलाई प्रश्रय दिएर आत्मनिर्भर अर्थतन्त्रको विकासमा भूमिका खेल्न स्वदेशी तेल लगायत अन्य उत्पादनहरुको बारेमा अझै धेरै तथ्यहरु पत्ता लगाउनु पर्ने देखिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २८, २०८१