कोरोना संक्रमितको संख्या ३४ हजार नाघ्यो : पछिल्लो २४ घन्टामा ८८५ जनामा कोरोना संक्रमण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ भाद्र २०७७, बिहीबार ०५:४१

काठमाडौं । कोरोना भाइरसको संक्रमण नेपालमा ह्वात्तै बढेको छ । संक्रमितको संख्या ३४ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ८ सय ८५ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशका विभिन्न ठाउँमा थपिएका ८ सय ८५ जनासहित देशभर संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको जानकारी दिए ।

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या पनि ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ११ जनाले ज्यान गुमाएका छन् । कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि बढेर १ सय ७५ पुगेको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ५१ वर्षीय पुरुष, भक्तपुरमा ५३ वर्षीया महिला, मोरङमा ४६ वर्षीया महिला, कैलालीमा ४५ र ५० वर्षीय पुरुष, बाँकेमा ३७ वर्षीय पुरुष, बारामा ४१ र ४६ वर्षीय पुरुष तथा महोत्तरीमा ६०,७२ र ७५ वर्षीय वर्षीय पुरुषको ज्यान गएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर १२, २०८१