मन्त्रिपरिषद बैठक : महावाणिज्यदूत बनाउन दुई सहसचिवको सरुवा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० भाद्र २०७७, बुधबार ०५:५७

काठमाडौं । सरकारले दुई सहसचिवको सरुवा गरेको छ । आज साँझ बसेको मन्त्रिपरिषद बैठकले दुई सहसचिवको सरुवा गरेको हो ।

गृह मन्त्रालयका सहसचिव उदयबहादुर रानामगर र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालया सहसचिव नवराज ढकालको परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको एक मन्त्रीले जानकारी दिए ।

दुवै सहसचिवलाई महावाणिज्यदूत नियुक्तिका लागि परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको हो । झापाका सिडिओसमेत रहेका सहसचिव रानामगरलाई हङकङका लागि महावाणिज्यदूत नियुक्ति गर्ने तयारी छ । त्यस्तै सहसचिव ढकाललाई ल्हासा वा नयाँ दिल्लीको महावाणिज्यदूत नियुक्तिको तयारी छ ।

उनीहरुलाई परराष्ट्र मन्त्रालयको प्रस्तावमा अर्को मन्त्रिपरिषद बैठकले महावाणिज्यदूत नियुक्ति गर्नेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१