बूढानिलकण्ठ नगरपालिकाका हरेक वडामा कोविड १९ को परिक्षण तिब्र बनाइदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० भाद्र २०७७, बुधबार ०५:३५

काठमाडौं। बूढानिलकण्ठ नगरपलिकामा कोरोना संक्रमितको संख्या बढ्दै गएको अवस्थामा नगरपलिकाको विभिन्न वडाहरुमा PCR परिक्षणको दायरा बढाएको छ ।   बूढानिलकण्ठ नगरपलिका भित्र रहेको जोखिम समूहका शंकास्पद व्यक्तिहरुको स्वाब संकलन कार्य भएको छ। स्वास्थ्य सेवा बिभाग , नेपाली सेना र नगरपलिकाको स्वास्थ्य शाखाका टोलि सहितले बूढानिलकण्ठ नगरपालिकाको सबै वडा गरि वडा १,३ , ५ बाट कुल १४९ जना , वडा -८ मा १३१ जना , वडा-१० कपनमा १४१ जना र वडा ११ मा ९३ जना गरी कुल ५१४ जनाको स्वाब संकलन गरि पिसिआर परिक्षण लागि पठाएको छ। हरेक वडाका अध्यक्षहरुले आफ्ना वडाका शंकास्पद एवं जोखिम समूहका व्यक्तिहरुको कोविड १९ परिक्षण गर्नका लागि स्वाब संकलन गरेको बताउनु भएको छ।

बूढानिलकण्ठ नगरपलिकामा कुल संक्रमित संख्या १३३ रहेको छ, जसमा करीव १७ जना मात्र स्थानीय रहेको छ। संक्रमित हुनेहरु अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी , कर्मचारी देखि व्यापारी सम्म रहेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१