मेलिना र सुदन गैरेको ‘उडी जाने जेट’ सार्वजनिक (भिडियो )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ भाद्र २०७७, मंगलवार ०६:५३

गायक सुदन गैरे र गायिका मेलिना राईको युगल स्वरमा रहेको गीत गायक ‘उडी जाने जेट’ सार्वजनिक भएको छ । लेखु सहयात्रीको शब्द र   सुवास भुसालले संगीतवद्द गरेको यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्।
डान्सिङ बिट यस गीतमा एलिशा शर्मा र भिजु पार्कीको दमदार नृत्य हेर्न सकिने छ।  प्रमोद कुमार भण्डारीको कोरियोग्राफी अनिल के मानन्धरको सिनेमाटोग्राफी र प्रविन भट्टको सम्पादन रहने भिडियोको छायांकन नेपाल, अस्ट्रेलिया र अमेरिकाको बिभिन्न रमणीय स्थलहरुमा गरिएको छ भने जसमा अस्ट्रेलियन मोडेलको समेत अभिनय रहेको छ । गणेश शाहीको निर्देशनमा भिडियो तयार पारिएको हो।
अमेरिका बसेर लामो समयदेखि गीत संगीतमा सक्रिय गायक गैरेको यसअघि “सानी” हिट गीत मानिन्छ । कोरना कहर बीच निकै मेहेनतका साथ सार्वजनिक गरिएको भिडियोलाई साथ र माया गरिदिन गायक गैरेले  दर्शक, स्रोता र मिडिया हाउसलाइ आग्रह गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१