महिला हिंसा अन्त्यका लागि सामाजिक अभियान संचालन गर्न मन्त्री गुरुङको आव्हान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ भाद्र २०७७, मंगलवार ०६:३२

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिला हिंसा अन्त्यका लागि सामाजिक अभियाननै संचालन गर्न प्रदेश र स्थानीय सरकारलाई आह्वान गरेका छन् । मन्त्री गुरुङले सुःखी, समृद्ध र समुन्नत राष्ट्र निर्माणका लागि पनि महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्य हुनुको विकल्प नरहेको पनि स्पष्ट पारे ।

जिल्ला समन्वय समिति महासंघ, नेपालले आईतबार आयोजना गरेको ‘भर्चुअल’ बैठकमा बोल्दै उनले समाज रुपान्तरणको माध्यामबाट मात्रै महिला हिंसा अन्त्य हुने उल्लेख गर्दै त्यसका लागि स्थानीय तहका जनप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण हुने स्मरण पनि गराए ।

‘समाजमा विद्यमान महिला हिंसा अन्त्यका लागि सरकारले आवश्यक नीति, कार्यक्रम र योजना बनाएको छ,’ मन्त्री गुरुङले भने, ‘तर त्यसको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहका जनप्रतिनिधिहरुले पहलकदमी लिनुपर्दछ ।’

मन्त्री गुरुङले विगतमा लामो समय स्थानीय तहमा जनप्रतिनिधिहरु नहुँदा पनि महिला हिंसाका घटना बढन गएको उल्लेख गर्दै अव त्यस्ता घटना हुन नदिन संघ, प्रदेश र स्थानीय सरकारले मिलेर काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । महिला हिंसा अन्त्यका लागि सरकार प्रदेश र स्थानीय सरकारलाई सबै खालको सहयोग गर्न तयार रहेको मन्त्री गुरुङको भनाई थियो ।

बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौंलाले महिला हिंसा अन्त्यका लागि बनाइएका नीति, नियम र कानुनको प्रभावकारी कार्यान्वयनमा गर्न सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१