काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा आठ जनाको मृत्यु भएको जनाएको छ ।
मन्त्रालयकाअनुसार रुपन्देहीका ६७ वर्षीय महिला र ३८, ५३ र ५४ वर्षीय पुरुषको ज्यान गएको छ । यस्तै सुनसरीका ६८ वर्षीय पुरुष, महोत्तरीका ६५ वर्षीय पुरुषको पनि ज्यान गएको छ ।
यता पर्साका ६० वर्षीय महिला र काठमाडौका ४८ वर्षीय महिलाको पनि कोरोना संक्रमणका कारण ज्यान गएको छ । यससँगै कोरोनाबाट कुल १ सय ५७ जनाको ज्यान गएको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा थपिएका ७ सय ४३ जनासहित देशभर संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको जानकारी दिए ।
प्रतिक्रिया