प्रदेश २ एकै दिन ३९० नयाँ सङ्क्रमित, दुईको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ भाद्र २०७७, सोमबार ०६:०१

जनकपुरधाम । प्रदेश २ मा पछिल्लो २४ घण्टामा कोरोनाको सङ्क्रमणबाट दुई जनाको मृत्यु हुनुका साथै ३९० जना नयाँ सङ्क्रमित थपिएका छन् ।

यस प्रदेशमा सो अवधिमा पर्साबाट ५६ वर्षीया एक महिला र सर्लाहीबाट ३१ वर्षीया एक महिला गरी दुई महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छ ।

योसमेत गरी प्रदेश नं २ मा कोरोनाको सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुगेको छ । यसका साथै, पछिल्लो २४ घण्टामा धनुषामा ६० जना, पर्सामा १३९ जना, बारामा ३९ जना, महोत्तरीमा ३४ जना, रौतहटमा नौं जना, सप्तरीमा चार जना, सर्लाहीमा ९१ जना र सिरहामा १४ जना गरी ३९० जनामा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले जानकारी गराए ।

योसमेत गरी यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार ९१० पुगेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१