सुरक्षाकर्मीबाट दुर्व्यवहार भए उजुरी गर्न सकिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ भाद्र २०७७, सोमबार ०५:५९

चितवन । जिल्ला प्रहरी कार्यालयले निषेधाज्ञाको पालना गराउने क्रममा आफ्ना कर्मचारीबाट नागरिकमाथि कुनै प्रकारको दुर्व्यवहार भए उजुरी गर्न सकिने जनाएको छ । आइतवार राति एक सूचना प्रकाशित गर्दै कुनै पनि व्यक्तिलाई आफू प्रति गलत तरिकाले कुनै अपराधको अभियोग लगाइएको, अन्यायपूर्वक शारीरिक चोटपटक लाग्ने गरी दुव्र्यवहार भएको वा घुस रिसबत दिन बाध्य तुल्याईएको भए चितवन जिल्ला प्रहरी कार्यालयमा सिधै सम्पर्क गर्न सकिने जनाएको छ ।

उक्त कार्यालयले कार्यालय प्रमुख प्रहरी उपरीक्षकको मोबाइल नं. ९८५५०१५५५५ वा आफ्नो परिचय गोप्य राख्न चाहने व्यक्तिले caller ID रहित फोन नं.मा उजुरी गर्न सक्ने सामाजिक सञ्जालमार्फत जारी सूचनामा उल्लेख छ ।

पछिल्ला केही दिनहरूमा निषेधाज्ञा कार्यान्वयनको सन्दर्भमा मास्क नलगाई वा सामाजिक दुरी कायम नराखी सार्वजनिक स्थलमा हिड्ने व्यक्तिहरुलाई जरिवाना गर्ने, मुख्य सडकहरुमा चेकजाच र खाध्यन्न पसलहरुमा स्वास्थ्य मापदण्ड कायम गराउने र समय पालना गराउने क्रममा स्थानियवासी, व्यवसायीहरुसंग प्रहरी कर्मचारीहरुले तनावपुर्ण अवस्था समेत झेल्न परेको बताइएको छ ।

कार्यालयले अत्यावश्यक सेवा प्रदायक, स्वास्थ्यकर्मी, खाद्यान्न पसल, कृषी एबं उद्योगहरुसंग संबन्धित ब्यक्तिहरु, स्वास्थ्य उपचार तथा आकस्मिक कामको सिलसिलामा आवागमन गर्ने सर्बसाधारणहरुलाई सहज र व्यवस्थित गर्न प्रतिवद्ध रहेको पनि जानकारी दिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१