मन्त्रिपरिषदद्वारा ३ जनालाई राजदूत नियुक्त गर्ने निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ भाद्र २०७७, बुधबार ०५:३१

काठमाडौं । सरकारले तीनजनालाई राजदूत नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावमा तीनजना सहसचिवलाई राजदूत नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

ती मन्त्रीका अनुसार परराष्ट्र मन्त्रालयका सहसचिवहरु तापस अधिकारी, गेहेन्द्र राजभण्डारी र रामकाजी खड्कालाई राजदूत नियुक्त गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ ।

तर, उनीहरुलाई कुन कुन देशका लागि राजदूत नियुक्त गरियो भन्ने बारेमा पनि जानकारी नभएको ती मन्त्रीको भनाइ छ ।

संसदीय सुनुवाइपछि समितिले सिफारिस गरेर राष्ट्रपतिबाट राजदूत नियुक्त हुने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१